भ्रमण
प्रधानमन्त्री दाहाल दोहा जाने तयारीमा

- फाल्गुन १०, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

फागुन २१ गतेदेखि सुरु हुने अल्पविकसित राष्ट्रहरुको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड फागुन १९ गते कतारको दोहा जाने तयारीमा रहेको बालुवाटार स्रोतले जानकारी दियो ।
अल्पविकसित राष्ट्रहरुको सम्मेलन मार्च ५ देखि ९ तारिख –फागुन २१ देखि २५ गते)सम्म आयोजना हुँदैछ । सम्मेलनमा अल्पविकसित राष्ट्रहरुका सरकार एवम् राष्ट्र प्रमुखहरु सहभागी हुनेछन् ।
‘अहिलेसम्म दोहा जाने नै भन्ने छ, तर राष्ट्रपतिको निर्वाचन नजिक भएकाले परिस्थिति कस्तो बन्छ, त्यसमा डिपेन्ड गर्छ,’ स्रोत बताउँछन् ।
राष्ट्रपतिको निर्वाचन फागुन २५ गते छ । प्रधानमन्त्री प्रचण्ड १९ गते दोहा गएर २२ गते नै स्वदेश फर्किने तयारीमा रहेको स्रोतले बतायो । गत पुस १० गते प्रधानमन्त्री बनेपछि प्रचण्डको यो पहिलो विदेश भ्रमण हुनेछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर