मानव तस्करी
सार्की दम्पतिले बेचेका युवतीको भारतबाट उद्धार

- फाल्गुन १०, २०७९ मा प्रकाशित


कासिन न्यूज,
दाङ ।

दाङ घोराही–१४ स्थित लखन पार्कमा होटल चलाएर बसेका दुई दम्पति बस्ने ५२ वर्षीय बिमुसा सार्की र उनकी श्रीमती ३९ वर्षीया टोपली साकी एक २० वर्षीया युवतीलाई भारतमा राम्रो काम लगाइदिने भनेर लोभ देखाएकी थिइन् ।
त्यसपछि उनलाई गत माघ २१ गते भारतको चन्ढिगढ पु¥याइयो । ‘राम्रो कमाइ हुने लोभ देखाएर बाँकेको नेपालगञ्जसँग जोडिएको भारतीय सीमा नाका रुपैडिहा हुँदै भारत पु¥याएर कोठीको सञ्चालकसँग मोटो रकम लिएर युवतीलाई बेचिएको थियो ।
दाङ प्रहरी प्रमुख वीर बहादुर वलीका अनुसार कोठीमा पुर्याएर पीडित युवतीलाई १२ दिनसम्म वेश्वावृति गर्न लगाइएको थियो । पछि युवती बेचिएको खबर उनकी आमाले पाएपछि प्रहरीमा उजुरी दिएकी थिइन् । प्रहरीले उजुरीका आधारमा माघ २२ गते विभिन्न संघसंस्थाको समन्वयमा पीडित युवतीलाई कोठीबाट उद्धार गर्न सफल भयो ।
पीडित युवतीको उद्धार गरेर फागुन ४ गते प्रहरीले होटल सन्चालक दम्पतीलाई पक्राउ गरेको हो । दुवै जनालाई अदालतबाट म्याद थप गरि अनुसन्धान अघि बढाइएको छ । पक्राउ परेका दम्पतीलाई मानव बेचबिखन तथा ओसारपसार –नियन्त्रण) ऐन २०६४ अन्तर्गत कारवाही प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर