खेल /फुटबल
पाँचौ स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकपमा भिड्दै मनाङ र हिमालयन शेर्पा
- फाल्गुन १०, २०७९ मा प्रकाशित
कासिन न्यूज,
मकवानपुर ।
मकवानपुरको हेटौंडामा जारी पाँचौ स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको बुधबार हुने फाइनल खेलमा ए डिभिजन टोली मनाङ मस्याङ्दी र हिमालयन शेर्पा क्बलबीच भिड्दै छन् । हेटौंडा उपमहानगरपालिका–५ स्थित पिप्ले क्याम्पा रंगशालामा हुने खेल बुधबार दिउँसो २ बजे सुरु हुनेछ ।
मकवानपुर गोल्डकपको चार वटा संस्करण सकिँदा पहिलो पटक मनाङ र शेर्पा फाइनलमा पुगेको हो । यी दुई टोलीको उपाधि भिड्न्त निकै रोमाञ्चक हुने अनुमान गरिएको छ । मनाङले सशस्त्र प्रहरीको एपिएफ र शेर्पाले क्यामरुनको एभिनियर एफसीलाई हराउँदै फाइनल यात्रा तय गरेको हो । यी दुवै टोली गोल्डकपको फाइनलमा पहिलो पटक भिड्न लागेका हुन् । २०६४ सालबाट सुरु भएको गोल्डकपको पहिलो संस्करणको उपाधि थ्रीस्टार क्लबले जितेको थियो । त्यसपछि नियमित हुन नसकेको यस प्रतियोगितालाई २०७६ सालबाट पुनः निरन्तरता दिइएको हो ।
खेलमा ७ वटा ए डिभिजन र एक अन्तराष्ट्रिय क्लबसहित १२ टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको उपाधि विजेता टोलीले नगद १५ लाख र उपविजेता टोलीले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा विद्यागत उत्कृष्ट खेलाडीले २५ हजार र म्यान आफ दि म्याच खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
पहिलो संस्करणको उपाधि थ्रिस्टार क्लबले जितेको थियो भने २०७५ मा भएको दोस्रो संस्करणको उपाधि घरेलु टोली मकवानपुर–११ ले जितेको थियो । २०७७ मा भएको तेस्रो संस्करण र गत जेठमा सम्पन्न चौथो संस्करणको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले जितेको थियो ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले रोयल इन्फिल्ड मोटरसाइकल पाउने छन् । त्यसका लागि अघिल्लो दुई संस्करणमा झैँ यस वर्ष पनि हेटौंडा स्कूल अफ म्यानेजमेण्ट एण्ड सोसियल साइन्सेसले प्रायोजन गरेको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments