खेल /फुटबल
भिनिसियस जुनियर र कप्तान करिम बेन्जेमाको कारण रियल म्याड्रिडको सानदार जित
- फाल्गुन १०, २०७९ मा प्रकाशित
एजेन्सी ।
रियलले घरेलु टोली लिभरपुलमाथि ५–२ को सानदार पूनरागमन जित दर्ता गरेको हो । रियलको पूनरागमन जितमा भिनिसियस जुनियर र कप्तान करिम बेन्जेमाले समान दुई तथा एडर मिलिसाओले एक गोल गरे । लिभरपुलका डार्विन नुनेज र मोहम्मद सलाहको गोल सान्त्वना बन्यो ।
एनफिल्डमा मंगलबार राति साविकको विजेता रियल र उपविजेता लिभरपुलबीचको खेलमा लिभरपुलले १४ मिनेटभित्रै २–० को अग्रता बनाएको थियो । तर, त्यो अग्रतालाई लिभरपुलले जोगाउन सकेन ।
खेलको चौथो मिनेटमा नै डार्विन नुनेजको गोलबाट लिभरपुलले घरेलु मैदानमा १–० को अग्रता लिन सफल भएको थियो । उनले मोहम्मद सलाहको पासमा ब्याकहिल फ्लिकमार्फत सुन्दर गोल गर्न सफल भएका थिए ।
१४औं मिनेटमा मोहम्मद सलाहले गोलरक्षक थिवाउट कोर्टुवोको गम्भीर गल्तीको फाइदा उठाउँदै गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे । ड्यानी कार्भाहलको ब्याकपासलाई नियन्त्रणमा लिएपनि त्यसलाई क्लियर गर्न नसक्दाको फाइदा नजिकै रहेका सलाहले उठाउँदै गोल गर्न सफल भएका थिए ।
२१औं मिनेटमा भिनिसियसले पेनाल्टी बक्सभित्रबाट दर्शनीय गोल गर्दै रियललाई खेलमा फर्कने संकेत दिए । उनले कप्तान करिम बेन्जेमाको पासमा गोल गर्न सफल भएका थिए ।
३६औं मिनेटमा भिनिसियसले लिभरपुलका गोलरक्षक एलिसन बेकरको गल्तीको फाइदा उठाउँदै व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै खेललाई पहिलो हाफमा २–२ गोलको बराबरीमा ल्याए । जोसेफ गोमेजको पासलाई एलिसनले गरेको क्लियरेन्स भिनिसियसलाई लाग्दै गोलमा परिणत भएको थियो ।
४७औं मिनेटमा एडर मिलिसाओले गोल गर्दै रियललाई खेलमा ३–२ ले अघि बढाए । मिडफिल्डर लुका मोड्रिचको फ्रिकिकलाई मिलिसाओले हेडरमार्फत गोल गर्न सफल भएका थिए । ५५औं मिनेटमा कप्तान बेन्जेमाले रोड्रिगोको पासमा गोल गर्दै रियललाई ४–२ ले अघि बढाउँदै पूनरागमन जिततर्फ अग्रसर गराए ।
६७औं मिनेटमा कप्तान बेन्जेमाले व्यक्तिगत र टोलीका लागि पाँचौं गोल गर्दै रियललाई सानदार पूनरागमन जित दिलाए । यस जितसँगै रियलले लिभरपुलसँगको अपराजित यात्रा ६ खेलसम्म लम्ब्याएको छ । रियलले ५ जित र एक बराबरीको नतिजा निकालेको छ ।
यस जितसँगै रियलले क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । घरेलु मैदानमा मार्च १५ मा हुने खेलमा यही नतिजा कायम राख्न सके रियल क्वाटरफाइनलमा पुग्नेछ । लिभरपुललाई अघिल्लो चरण पुग्न जितको आवश्यकता छ ।ब
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments