प्रहरीमा लफडा
भावी आईजीपीका प्रवल दावेदार मानिएका डीआईजी सिंह राजीनामा दिंदै

- फाल्गुन १०, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।
नेपाल प्रहरीको मुख्य पद प्रहरी महानिरीक्षक (आईजीपी)को प्रवल दावेदार मानिएका प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहको पद धरापमा परेको छ ।
बढुवाका लागि रस्साकस्सी चलिरहेका बेला सिंहको नागरिकता र प्रहरी सिटरोलमा रहेको उमेर फरक–फरक भेटिएपछि प्रहरी प्रधान कार्यालयले आन्तरिक छानबिन थालेको थियो । जन्ममिति विवाद सार्वजनिक भएपछि सिंह राजीनामा दिने तयारीमा लागेको स्रोतले बतायो ।
जिल्ला प्रशासन कार्यालय, कैलालीबाट जारी नागरिकता अनुसार उनको जन्ममिति २०२४ हुनुपर्ने हो । सिंहको शैक्षिक प्रमाण पत्रमा जन्ममिति १६ पुस २०२५ जन्ममिति उल्लेख छ । त्यही अनुसार प्रहरी प्रधान कार्यालयको सिट रोलमा उनको जन्ममिति कायम गरिएको देखिएको छ ।
तर, प्रहरी नियमवालीमा सेवा प्रदेश गर्दा सम्बन्धित व्यक्तिले लिएको नागरिकताको प्रमाण पत्र, शैक्षिक योग्यताको प्रमाण पत्र र वैयक्तिक विवरण सबैमा एउटै मिति नभए जुन मितिबाट पहिले अवकाश हुन्छ, सोही मितिका आधारमा हिसाब हुने भनिएको छ । त्यस अनुसार उनको जन्ममिति नागरिकता अनुसार कायम २०२४ कायम हुनुपर्ने प्रहरी प्रधान कार्यालयका अधिकृतहरु बताउँछन् ।
नागरिकता अनुसारको उमेर कायम भएको भए सिंहले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को उमेर हदका कारण २२ जेठ २०७९ मै अवकाश पाउनुपर्ने हो । सिटरोलमा फरक विवरण हुँदा उनी डीआईजी बढुवा मात्र भएनन्, एआईजी बढुवामा पनि बलियो दाबेदारी प्रस्तुत गरिरहेका थिए ।
जन्ममितिको विवाद सहतमा आएपछि सिंहले आफूमाथि प्रतिशोध साँधिएको बताउने गरेका छन् । ‘यत्तिका वर्षसम्म कुनै समस्या भएको थिएन, अहिले आएर विवाद झिक्नु प्रतिसोध मात्र हो’, उनको दाबी छ ।
प्रहरी प्रवक्ता डीआईजी पोषराज पोखरेलले भने यसबारे अनविज्ञता प्रकट गरे । उनले भने, ‘बाहिर आएका विषयहरुबारे मात्रै जानकार छु, थप थाहा छैन ।’

सिंहले राजीनामा दिएमा भावी आईजीपीको दौडमा डीआईजी वसन्त कुँवर, टेकप्रसाद राई र दीपक थापा मुख्य प्रतिष्पर्धी हुनेछन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर