राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान तथा लेग स्पिनर लामिछानेले पोखे खुशी
- फाल्गुन १०, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेले सामाजिक सञ्जाल मार्फत अभिव्यक्ति पोखेका छन् । सञ्जालमा लेख्दै लामिछानेले देशले क्रिकेट जितेको बताउदै उनले आफूले कति योगदान गरेको थाहा नभएपनि देशले क्रिकेट जितेको उल्लेख गरेका छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार सम्पन्न आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपालले चार वटै खेल जितेको थियो ।
नेपालले नामिबिया तथा स्कटल्यान्डलाई दुई–दुई पटक पराजित गर्दै लिग–२ अन्तर्गतको सिरिजमा पहिलो पटक चारवटै खेल जितेको थियो । नेपालले चार वटै खेल जित्दा सन्दीप एक्लैले १३ विकेट लिए । उनले नामिबियाविरुद्धको दुबै खेलमा समान ३–३ विकेट तथा स्कटल्यान्डविरुद्धको पहिलो खेलमा ३ तथा दोस्रो खेलमा ४ विकेट हात पारे ।
जितसँगै नेपालले एकदिवसीय मान्यता मात्र नभएर विश्वकप छनोट खेल्ने सम्भावना समेत जिवित राखेको छ । उक्त सिरिज जितेपछि सन्दीपले सामाजिक सञ्जालमा आफ्नो धारणा राखेका छन् ।
‘मैले कति योगदान गर्न सके थाहा छैन तर मेरो देशले क्रिकेट जितेको छ.. यो साथ यो मायाको लागि सम्पूर्णमा हृदयदेखि आभारी छु,’ सन्दीपले लेखेका छन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments