राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन
निर्वाचनको लागि ८ सय ८१ जनाको नामावली सार्वजनिक

- फाल्गुन १०, २०७९ मा प्रकाशित


दाबी विरोधको उजुरी बुधबार बिहान ११ बजेदेखि भोलि १२ बजेसम्म

कासिन न्यूज,
काठमाडौं ।

निर्वाचन अधिकृतको कार्यालयले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनको लागि ८ सय ८१ जनाको नामावली सार्वजनिक गरेको । यसमा संघीय संसदका ३ सय३१ र प्रदेश सभाका ५५० जनाको नाम समावेश छ ।
राष्ट्रपतिको निर्वाचनमा संघीय सांसद र प्रदेश सभा सदस्यहरुले भाग लिन पाउँछन् । ले राष्ट्रपति निर्वाचनको मतदाता नामावली सार्वजनिक गरेको छ ।
सहायक निर्वाचन अधिकृत अमृता कुमारी शर्माका अनुसार प्रकाशित मतदाता नामावलीको दाबी विरोधको उजुरी बुधबार बिहान ११ बजेदेखि भोलि १२ बजेसम्म तोकिएको छ । सो समयमा पर्न आएका निवेदन तथा उजुरी उपर फागुन १२ गते ३ बजेसम्म छानबिन गरी ४ बजे अन्तिम नामावली प्रकाशन गरिने छ । राष्ट्रपतिको पदको लागि फागुन १३ गते मनोनयन दर्ता र २५ गते निर्वाचन हुँदैछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर