सांसद भण्डारीको स्वास्थ्य
पाइपबाट खाना खुवाउँदै आएकोमा बुधबारदेखि भने मुखबाटै खाना खुवाइयो
- फाल्गुन १०, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
मुम्बईको नेशनल बर्न्स सेन्टरमा उपचाररत सांसद डा. चन्द्र भण्डारीले बुधबारदेखि मुखबाटै खाना खान थालेका छन् । यसअघि पाइपबाट खाना खुवाउँदै आएकामा बुधबारदेखि भने मुखबाटै खाना खुवाइएको भण्डारीसँगै रहेका योगराज कँडेलले जानकारी दिए ।
३ फागुनको राति घरमा ग्यास चुहिएर आगलागी हुँदा सांसद भण्डारी र उनकी आमा हरिकला गम्भीर घाइते भएका थिए । हरिकलाको उपचारका क्रममा ४ फागुनमा कीर्तिपुर अस्पतालमा मृत्यु भएको थियो ।
सांसद भण्डारीलाई भने ४ फागुनमा थप उपचारका लागि मुम्बई लगिएको थियो । मुम्बईको नेशनल बर्न्स सेन्टरमा भण्डारीलाई दिइएको अक्सिजनको मात्रा पनि घटाइएको छ । यसअघि ८ लिटर अक्सिजन दिइएकामा बुधबार विहान ७ बजेदेखि ६ लिटरमा झारिएको छ ।
एन्टिबायोटिकले काम गरेकाले अहिले इन्फेक्सन न्यून भएको र ज्वरो नआएको कारण डराउनु पर्ने अवस्था नरहेको भण्डारीको उपचारमा संलग्न चिकित्सक डा. मुकेश मिश्राले बताए ।
चिकित्सकहरुले अबको काम भनेको इन्फेक्सनबाट बचाउने मात्र भएको बताउने गरेका कँडेलले जानकारी दिएका छन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments