हाम्रो बारेमा बाहिर आएको कुरा कपोलकल्पित र भ्रामक हो > प्रवक्ता थापा, गुण एयरलाइन्स
- फाल्गुन १०, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
अहिले गुण एयरलाइन्सका सबै उडान बन्द छन् । गत फागुन १ गते देखी पूर्ण रुपमा उडान बन्द गराएको गुण एयरलाइन्सले कर्मचारीलाई तलब नदिएका कारण उडान बन्द भएको भन्ने कुरा असत्य भएको बताउँछन् गुणका बजार व्यवस्थापक एव प्रवक्ता प्रज्वल थापा ।
आन्तरिकतर्फ विभिन्न गन्तव्यमा उडान गर्ने गुणका जहाज यति बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किएका (ग्राउन्डेड) छन्।
उता गुणले पाइलट तथा अन्य कर्मचारीलाई नियमित तलब उपलब्ध नगराएको जानकारी पाएपछि सबै उडान रोक्न निर्देशन दिइएको बताउँछन् , नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौला ।
जोखिम मध्यनजर गर्दै हामीले गुणलाई समस्या समाधान गरेर मात्र उडान गर्न निर्देशनसहित पत्र पठाएका हौं। समस्या समाधानका लागि केही समय दिएका छौं। अर्को व्यवस्था नहुन्जेलका लागि उडान बन्द गर्न निर्देशन दिएका हौं।
तर प्राधिकरणका प्रवक्ता निरौैलाको भनाईलाई प्रतिवाद गर्दै गुणका प्रवक्ता थापा भन्छन् , यो हाम्रो एयरलाइन्सको आन्तरिक कुरा बाहिर जुन कुरा आएका त्यसमा सत्यता छैन् ।
प्रवक्ता थापा भन्छन् , हामी जहाज बेच्ने प्रक्रियामा छौं, त्यसैले उडान बन्द गरेका हौं ।’हामीसँग भएका पाँच वटा जेटस्ट्रिम ४१ सिरिजका जहाज बेच्ने प्रक्रियाको अन्तिम चरणमा छौं। त्यसैले हाल उडान रोकेका हौं, उनले भने, ’सम्भवतः अबको एक सातामा बिक्री सम्झौता हुनेछ।’
यी जहाज खरिदका लागि एक विदेशी कम्पनीका प्रतिनिधि अहिले काठमाडौं आएका उनले बताए। ती प्रतिनिधिले त्रिभुवन विमानस्थलमा जहाज अवलोकन गरिरहेको पनि उनको भनाइ छ।
सोही योजनाअनुसार पाँच महिनादेखि जहाज बिक्रीको तयारी भइरहेको उनले बताए। यी जहाज गुणले करिब डेढ वर्ष उडायो।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments