ब्राजिलियन डिफेन्डर ड्यानी अल्भेसलाई अदालतले धरौटीमा छोड्न मानेन
- फाल्गुन १०, २०७९ मा प्रकाशित
एजेन्सी ।
यौन दुर्व्यवहार आरोपमा पक्राउ परेका ब्राजिलियन डिफेन्डर ड्यानी अल्भेसले धरौटीमा छुट्न पाउँ भन्दै दिएको निवेदन अदालतले अस्वीकार गरेको हो ।
धरौटीमा छाड्दा अल्भेस स्पेन छाडेर भाग्न सक्ने भन्दै बार्सिलोनाको अदालतले उनको निवेदन अस्वीकार गरेको हो । अदालतले धरौटीमा छाड्न नमानेपछि उनी अब बार्सिलोनमै थुनामा बस्नु पर्ने भएको छ ।
राम्रो आर्थिक अवस्थाले पनि उनलाई जुन सुकै बेला स्पेन छाड्न सम्भव बनाउन सक्छ । बार्सिलोना अदालतले भनेको छ ।’
स्पेनको प्रहरीले अल्भेसलाई यौन दुव्र्यवहारको आरोपमा फेब्रुअरी २० मा पक्राउ गरेको थियो । बार्सिलोनाका पूर्व रक्षक अल्भेसमाथि गत डिसेम्बर ३० मा नाइट क्लबमा एक महिलालाई यौन दुव्र्यवहार गरेको आरोप छ ।
प्रहरीमा उपस्थित भएका ३९ वर्षीय अल्भेसले नाइट क्लबमा उपस्थित भए पनि आफूले दुव्र्यवहार नगरेको दाबी गर्दै आएका छन् ।
अल्भेस ट्रयाकिङ डिभाइस लगाउन र ब्राजिलियन पासपोर्ट अदालतमा नै बुझाउन तयार भएका थिए । उनले घर र कार्यस्थलभन्दा ५०० मिटर टाढा नजाने शर्त मानेर धरौटीमा छाड्ने माग राखे पनि अदालतले उनलाई छोड्न नमानेको हो ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments