उकालो लाग्यो सेयर नेप्से परिसूचक ३३.५७ अंकले बढ्यो
- फाल्गुन १०, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
साताको बुधबार सेयर बजारमा उकालो लागेको छ । नेप्से परिसूचक ३३.५७ अंकले बढेर २०८० बिन्दुमा आएर रोकिएको छ । ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४ अंकले बढेर ३९६.३३ विन्दुमा पुगेको छ।
गत २६ माघदेखि घटेको सेयर बजार १३ दिनपछि बुधबार बढेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६९ कम्पनीको ४७ लाख ७९ हजार ७९६ कित्ता सेयर खरिद बिक्री हुँदा एक अर्ब रुपैयाँ ८० करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
कारोबारको आधारमा हिमालय डिस्टिलरी शीर्ष स्थानमा रहेको छ। यसको बुधबार १३ करोड २७ लाखभन्दा बढीको कारोबार भएको छ। यसैगरी जीवन विकास लघुवित्तको करिब ५ करोडको कारोबार भएको छ ।
सोमबारको १३ उपसूचकहरुमध्ये ३ कम्पनी बाहेक सबै कम्पनीमा उकालो लागेको छ। बुधबारको लिबर्टी उर्जा, छ्याङ्दी हाइड्रोपावर र दोर्दी खोला जल विद्युतको सर्वाधिक सेयर कारोबार भएको छ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments