जीवन जीउने तरिका हाईप्रोफाइल कार्य चोरी
- फाल्गुन ११, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
राजधानीमा चोरी गर्ने शैलीमा परिवर्तन आउन थालेको छ । पहिला पहिला जस्तो रातको समयमा मात्र चोर आउने चलन हराएर गएको सुरक्षाकर्मीहरुले बताउन थालेका छन् । अहिले चोरी गर्नलाई चोरहरुले नयाँ नयाँ तरिकाहरु अपनाउन थालेका छन् । आजकाल दिनभरी ट्याक्सी, मोटरसाइकल वा अन्य सवारी साधनमा सुटेडबुटेड भएर कुन चाँही घरमा चोरी गर्ने हो त्यो घरको सूचना संकलन गर्ने देखी हरेक क्रियाकलापमा नजर लगाइने गरिन्छ । चोरी गर्ने अवस्था आफनो मुताविक भए नभएको पूर्ण जानकारी हासिल गरि सकेपछि बल्ल रातको समयमा चोरहरु हातको सफायाको लागि तयार हुने गरेको पाइएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले चोरी गर्ने केही समूहलाई पक्राउ गरेको प्रवक्ता एवं एसपी सीताराम रिजालले जानकारी दिए ।प्रवक्ता एसपी रिजालका अनुसार चोरहरुले अहिले बाटोका सिसिटिभी पनि फुटाउने, बंग्याउने गरेका छन् । भने चोरीका लागि प्रयोग सवारी साधनको नम्बर प्लेट पनि छोप्ने गरेका छन् । चोरी गर्न जानुअघि र फर्किसकेपछि पनि पत्ता नलागोस् भनेर कपडा समेत परिवर्तन गर्ने गरेको एसपी रिजालले बताए । अहिलेका चोरहरुले प्राय जसको नगद, सुन, चाँदी वा बहुमूल्य धातुहरू मात्रै चोर्ने गरेको एक अनुसन्धानले देखाएको छ ।
ब्रान्डेड कपडाहरू लगाउने, एकपटक लगाएर चोरी गरिसकेपछि फेरि अर्को नयाँ कपडा किनेर लगाउने गरेको पुरानो कपडालाई पुन प्रयोगमा नल्याउने चलन पनि अहिले चोरहरुमा देखीएको छ । शहरमा अहिले हाइप्रोफाइल चोरहरुको बिगबिगी रहेको पनि एसपी रिजाल बताउँछन् ।केही दिन पहिलो काठमाडौंको बौद्धस्थित फूलबारी बस्ने ४९ वर्षीय सङ्गे लामाको घरमा र ललितपुर पाटनका सुजन शाक्यको बौद्ध स्तुपास्थित सुन चाँदी तथा विभिन्न धातुका ह्यान्डीक्राफ्टस् पसलमा चोरी भएको थियो।
लामाको घरमा गत पुस ७ गते बिहान १ बजे चोरी भएको थियो। घरको पूजा कोठाको ग्रिल फुटाएर सुनका गरगहना, चाँदी लगायत विभिन्न पूजाका सामान अन्दाजी ४२ लाख बराबरको सामान चोरी भएको थियो ।त्यस्तै, फागुन १ गते बिहान साढे २ बजे बौद्ध स्तुपामा रहेको शाक्यको पसलमा चोरी भएको हो। उनको पसलबाट साढे ३५ लाख बराबरको सामान चोरी भएको थियो ।
यही चोरीको आरोपमा प्रहरीले पाँचथर घर भई गोकर्णेश्वरका सुनचाँदी व्यवसायी ४३ वर्षीय राजकुमार योङ्या लिम्बू, धनकुटाका ३८ वर्षीय जीवन मगर, मकवानपुरका ४२ वर्षीय रेशम रूम्बा, धादिङका ४३ वर्षीय सागर तामाङ, सिन्धुपाल्चोकका पेम्बा लामा र मुस्ताङका डिमा वाङ्दी गुरूङ लाई पक्राउ गरेको जानकारी एसपी रिजालले दिए ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments