सुरु भयो रात्रीकालीन उडान सेवा बुद्धले २५ गते देखी रात्रीकालीन उडान भर्ने

- फाल्गुन ११, २०७९ मा प्रकाशित


कासिन न्यूज,
पोखरा ।

पोखरा विमानस्थलमा बिहिवार देखि रात्रिकालीन उडानका लागि इन्स्ट्रमेन्ट फ्लाइट रुल्स (आइएफआर) प्रणाली लागू भएको विमानस्थलले जनाएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख विक्रम गौतमका अनुसार यो प्रणाली सुचारु भएसँगै अब देखी पोखरा विमानस्थलबाट रातको समयमा पनि विमान उडान र अवतरण गर्न सकिने भएको छ । यो प्रणालीको सुचारु भएसँगै बुद्ध एयरको जहाजले आइएफआर प्रणाली बाट बिहानको फ्लाइट अवतरण गरेको जानकारी विमानस्थलका कर्मचारीले जानकारी दिए । उता एति एअरलाइन्सले पनि शुक्रबारबाट जहाज उडान र अवतरण गर्ने तयारी गरिरहेको छ ।
विमानस्थल प्रमुख गौतम भन्छन्, ‘अब विमानस्थल बिहान ६ बजेदेखि राति १२ बजेसम्म गरी १८ घन्टा सेवा दिन तयार छ,’ हाल भने दिउँसो ४ बजे सम्ममात्रै उडान भर्दै आएको थियो ।
विमानस्थल सबै उडानका लागि योग्य रहेको भन्दै नेपाल नागरिक उडड्यन प्राधिकरणले ‘एरोनोटिकल इन्फरमेसन पब्लिकेसन (एआइपी) प्रकाशित गरेको थियो । सो एआइपी प्रकाशन भएको ४२ दिनपछि विमानस्थलमा सबै उडान गर्न योग्य भएको मानिने उनले बताए । सूचना प्रकाशन भएको आज ४२ दिन पुगेको छ ।
के हो आइएफआर प्रणाली ?
आइएफआर पूर्ण यान्त्रिक प्रणाली भएकाले भिजुअल फ्लाइट रुल्स (भिएफआर) को तुलनामा निकै सुरक्षित र सहज भएको भनाई नागरिक उड्डयन प्राधिकरणको छ । गत पुस १७ गतेदेखि सञ्चालनमा आएको विमानस्थलबाट अहिले आन्तरिक उडान मात्रै हुँदै आएको छ ।
बुद्धको रात्रिकालीन उडान २५ गतेबाट
बुद्ध एअर फागुन २५ गतेदेखि व्यवसायिक रात्रिकालीन उडान भर्ने भएको छ । एअरका सूचना अधिकारी दीपेन्द्र कर्णले रात्रिकालीन उडानका लागि ४ वटा जहाज पोखरामा रहने जानकारी दिए । ‘बुद्धले पोखराबाट जुन÷जुन सहरमा उडान गरिरहेको छ ती सहरमा सम्भव भएसम्म रातिको समयमा उडान गर्ने तयारी छ,’ उनले भने । बुद्धले काठमाडौंसहित नेपालगञ्ज, भैरहवा र भरतपुरमा पोखराबाट उडान गरिरहेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर