राष्ट्रपति उम्मेदवार तय गर्दै नेपाली कांग्रेस
- फाल्गुन ११, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेपाली कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र शीर्ष नेताहरूसँग छलफल गर्न बैठक बोलाएका छन् । राष्ट्रपति उम्मेदवार तय गर्न नेपाली कांग्रेसले बैठक बोलाएको हो ।
देउवा निवास धुम्बाराहीमा बिहिबार बिहान ११ बजे केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्ने सभापति देउवाको सचिवालयले जानकारी दिएको छ। राष्ट्रपति उम्मेदवार हुन वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालगायत नेताहरूले आकांक्षा देखाएका छन्।
कसलाई राष्ट्रपति उम्मेदवार बनाउने भन्नेबारे सुझाव लिन सभापति देउवाले बैठक राखेका हुन्। सकेसम्म बिहिबार नै उम्मेदवार तय गर्ने गरी छलफल गरिने बताइएको छ।फागुन १३ गते राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारले मनोनयन दर्ता गर्ने कार्यक्रम छ।कांग्रेसले चुनावका बेलाको पाँचदलीय गठबन्धन ब्युँत्याएर राष्ट्रपति आफूले लिन खोजेको छ।
सभापति देउवासहित नेताहरूले बुधबार बेलुकी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि यसबारे कुराकानी गरेका थिए।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments