फ्रान्सेली मिडफिल्डर पल पोग्वा सहयात्रीसँग पूर्ण प्रशिक्षणमा फर्किए

- फाल्गुन ११, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

फ्रान्सेली मिडफिल्डर पल पोग्वा लामो समयको चोटपछि प्रशिक्षणमा फर्किएका छन् । पोग्वाले बुधबार इटालियन क्लब युभेन्ट्समा आफ्नो सहयात्रीसँग पूर्ण प्रशिक्षण गरेका छन् ।
२९ वर्षीय मिडफिल्डर गत समरमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट निः शुल्क स्थानान्तरणमा पुनः युभेन्ट्समा फर्किएपनि चोटका कारण यो सिजन कुनै पनि खेल खेल्न पाएका छैनन् । घुँडाको समस्याकै कारण उनले गत नोभेम्वर र डिसेम्वरमा कतारमा भएको फिफा विश्वकप २०२२ गुमाउन पुगेको थियो ।
पोग्वाले बुधबार सामाजिक सञ्जालमा आँफु पूणे प्रशिक्षणमा फर्किएको र खेल्नको लागि तयार रहेको संकेत दिएका छन् । पोग्बा टुरिनमा फर्किदा युभेन्ट्सको स्थिति धेरै फरक छ । खेलाडी अनुबन्धमा आर्थिक नियमावली मिचेका कारण युभेन्ट्सको सिरी ‘ए’ मा १५ अंक घटाइएको छ ।

युभेन्ट्स हाल सिरी ‘ए’ मा २३ खेलबाट ३२ अंक जोडेर सातौं स्थानमा छ । युभेन्ट्स शीर्षस्थानको नेपोलीसँग ३० अंकले पछि छ । शीर्ष चारको एसी मिलानभन्दा १२ अंकले पछि छ । यस हिसावमा युभेन्ट्स यो सिजन शीर्ष चारको पहुच बाहिर छ ।

युभेन्ट्सले बिहिबार राति फ्रान्सेली क्लब नान्टेससँग उसकै मैदानमा युरोपा लिगको अन्तिम ३२ को खेलमा प्रतिस्पर्धा गर्दैछ ।युभेन्ट्सलाई अन्तिम १६ मा पुग्न अवे जितको आवश्यकता छ । यही खेलबाट पोग्वाले युभेन्ट्समा यो सिजन डेब्यु गर्ने सम्भावना छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर