नेपालको पहिलोे रक गायक खड्काको निधन
- फाल्गुन ११, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेपाली, हिन्दी र अंग्रेजी संगीतका ज्ञाता समेत रहेको विधिवत् रुपमा शास्त्रीय गायक रंगराव कादम्बरीबाट संगीत सिकेका माइक खड्काको ६९ वर्षको उमेरमा ललितपुर पुल्चोकस्थित निवासमा निधन भएको छ ।
नेपाली संगीतको क्षेत्रको पहिलो रक गायकको उपमा पाएका खड्काको बास्तविक नाम मुकुन्दकुमार खड्का भएपनि उनको स्टेज नाम चाहिं माइक खड्का हो ।
निर्देशक तथा रेडियोकर्मी प्रकाश सायमीले खड्काको निधनबाट नेपाली संगीत क्षेत्रलाई क्षति पुगेको बताएका छन् । खड्कालाई नेपालको एल्भिस प्रिस्ले भनिने गरिएको जानकारी समेत उनले दिए । नेपाली, हिन्दी र अंग्रेजी संगीतका ज्ञाता समेत रहेका खड्काले विधिवत् रुपमा शास्त्रीय गायक रंगराव कादम्बरीबाट संगीत सिकेका थिए ।
गायक ओमविक्रम विष्ट, अरुण थापा र दिव्य खालिङसँग उनले सहकार्य गरेका थिए । केही अंग्रेजी गीतको रेकर्ड गराएपनि उनले एल्बम भने सार्वजनिक गर्न पाएनन् । मुलुकको पुरानो सांगीतिक ब्याण्ड मानिने फ्रिडमसँग पनि उनले सहकार्य गरेका थिए ।
पछिल्लो समय उनी संगीतसम्बन्धी पुस्तक लेखनको तयारीमा थिए । उनी क्लासिक एफएमका निर्देशक समेत थिए । सोही एफएममा उनले कार्यक्रम पनि चलाउँदै आएका थिए । स्वर्गीय खड्काका पत्नी र एक छोरा छन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments