सुन प्रतितोलामा पाँच सय रुपैयाँ घट्यो

- फाल्गुन ११, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

बुधबार स्थिर रहेको सुनको मूल्य बिहिबार अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच सय रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
बुधबार छापावाल सुन प्रतितोला १ लाख ३ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख र्२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ।
बुधबार चाँदी प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भएको थियो। बुधबारको तुलनामा आज चाँदी प्रतितोला १० रुपैयाँ घटेको हो। अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय २९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर