आफनै गाउँमा सित भण्डारको निर्माणले गाउँलेहरुको कृषि व्यवासय प्रति लगाव बढ्न थाल्यो

- फाल्गुन १२, २०७९ मा प्रकाशित


राजकुमार लामा,
सिन्धुपाल्चोक ।

नेपाली समाजलाई नियालेर हेर्ने हो भने सबै भन्दा भरपर्दाे र सुरक्षित पेशा कृषिलाई मान्न सकिन्छ । धेरै नेपालीको जिविकोपार्जनको बलियो आधार पनि कृषि नै हो ।
सिन्धुपालचोक जिल्ला लिसंखु)पाखर गाउपालिका वार्ड नं ७ ठुटेमानेमा निर्माण कार्य सम्पन्न भै हस्तान्तरणको प्रक्रियामा रहेको नव निर्मित सित भण्डारण संचालनमा आएपछि त्यस क्षेत्रका कृषकहरू लाभान्वित हुने भएका छन्।
लिसंखु, ठुलोपाखर, अत्तरपु,बर्ण,जेठाल, पेटकु सानुपाखर,थुमपाखरका किसानले उत्पादन गरेका कृषिजन्य बस्तु आफनै गाउँमै रहेको सित भण्डारणमा केहीसमय राखे पछि अफसिजनमा प्रयोगमा ल्याउन सकिने छ ।
सित भण्डारण सुविधा गाउँमै उपलब्ध भएपछि उत्पादन खेर नजानेहुदा किसानहरू आर्थिक रूपमा बलियो हुने आधार सित भण्डारणले दिएको कृषि अधिकृत रामकुमार तामाङ बताउँछन । बाह्रहिसे,खाडीचौर, दोलालघाट, काठमाडौ र देशका भिन्न स्थानहरुमा त्यस भेगको मुख्य कृषि बालीको रूपमा रहेको मुडेको आलु नामले चिनिने आलुको लागी बजारको खासै समस्या नरहेको स्थानिय बासिन्दा साहिल लामा बताउँछन् ।


सित भण्डारण संचालनमा आएपछि गाउँमा उत्पादित कृषि वस्तु खेर जाने सम्भावना शतप्रतिशत कम हुने र बजार भाउ बृद्दी भएको बखत बिक्री बितरण गर्न सकिने हुदा किसानहरू लाभान्वित हुने र संगै अन्य कृषि उपज बजार व्यवस्थापनको ब्यावस्था बागमती प्रदेश सरकारको कार्यबिधी अनुसार हुने कृषी अधिकृत रामकुमार तामाङ बताउँछन् ।
तर‚ अहिले भएको सित भण्डारणले त्यस क्षेत्रको कृषि उत्पादनको अनुपातमा भार धान्ने क्षमता नरहेकाले थप क्षमता बृद्दी गर्नुपर्ने नेपाली काग्रेसका युवा नेता महेन्द्र लामाको भनाइ छ।
तरकारी, फलफूल र आलुलाई छुट्टाछुट्टै कोल्डरूम चाहिने बताउँदै लामा भन्छन् , कृषि उपज अनुसार भिन्न भिन्नै तापक्रममा भण्डारण गर्नु पर्दा सबैलाई एउटै कोठा राख्न प्राबिधिक रूपले नमिल्ने रहेछ।
१५सय मेट्रिक टन क्षमताको हुनुपर्ने स्थानिय कृषकहरू माग भए पनि हाल निर्माण सम्पन्न भै संचालन आउन लागेको सित भण्डारणको क्षमता ५सय मेट्रिक टन मात्र रहेको छ ।
लिसंखु)पाखर गाउपालिकाको ३० प्रतिशतको उक्त योजनाको कुल लागत ५ करोड ३५ लाखमा निर्माण कार्य सम्पन्न भएको सित भण्डारण गोल्मोथम कृषि सहकारी संस्थाको साझेदारी कार्यक्रम अन्तरगत निर्माण सम्पन्न उक्त योजनाले कृषि क्षेत्रमा आश्रित कृषकहरूको आर्थिक क्रान्ति ल्याउने कुरामा कृषकहरूको बिस्वास छ ।
कतिपय मुलुकहरूले कृषिलाई आधुनिकिकरणमा रुपान्तरण गरिसकेका छन् भने हाम्रो जस्तो भुपरिबेष्ठित मुलुक अझै पनि परम्परागत तथा जीवन निर्वाहमुखी कृषि पेशा मै सिमित रहेका छ् ।
नेपालको अधिकांश क्षेत्रहरूमा परम्परागत कृषि प्रणाली तथा जीवन निर्वाहमूखी रुपमै अगाडि बढीरहेको छ्र । चुनौती र आधुनिकिकरणको उदाहरणको रूपमा लिएका ठुलोपाखर ठुटेमानेमा रहेको सित भण्डारणले त्यस भेगको कृषकहरूको आर्थिक गतिबिधीमा केही हदसम्म भएपनि चलायमान बनाउँछ भन्ने कुरामा कसैको दुईमत नहोला ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर