आन्तरिक पर्यटनमा टेवा दिंदै बुलेट राइडरहरु
- फाल्गुन १२, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
बाइकहरुको राजा रोयल इन्फिल्ड बुलेट बाइकको महत्व अहिले युवापुस्ता झल्कदो छ । नेपालको आन्तरिक पर्यटनमा टेवा पुर्याउने उद्देश्यले बेला बखत यो बाइकका प्रयोगकर्ताहरुले विभिन्न माध्यमहरुको प्रयोग गरिरहेका हुन्छन् ।
कहिले बाइक रेसि» त कहिले बाइक यात्रा । युवापुस्ताहरुमा झल्किएको यो अनौठो शैली भए पनि यसले आन्तरिक पर्यटनको क्षेत्रमा ठूलै टेवा पुग्न थालेको पर्यटन व्यवसायीहरु बताउन थालेका छन् ।
आन्तरिक पर्यटनको लागि रोयल इन्फिल्डको आधार भन्दै गत शुक्रबार राजधानीका बुलेट राइडरहरुले आफनो बुलेट यात्रा लमजु»को घले गाउँ सम्म पुराए । फागुन ५ गतेबाट सुरु राइडरहरुको यात्रा ७ गते घले गाउँ गएर टुंगिएको थियो ।
राइडरहरुका नेता क्यापटेन प्रकाश देव गिरीको नेतृत्वमा सुरु भएको राइडरहरुको यात्रा निकै रोमाञ्चक थियो । राजधानीको सुकेधाराबाट सुरु भएको राइडरहरुको यात्राले सडकका दर्शकहरुलाई पनि रोमाञ्चित बनाएको थियो ।
सुकेधारामा रहेको बुलेट बाईक सम्बन्धि मात्रै काम गर्ने अथोराईज सर्भिस सेन्टर जेरो ईन्जिनियरिङ् मोटरसाईकल प्राईभेट.लिमिटेड सेन्टरको आयोजनामा बाइक यात्रा सम्पन्न गरिएको सर्भिस सेन्टरका महाप्रवन्धक जीवन थापा भन्छन् , हामी राइडरहरुको मूल ध्यय भनेको आन्तरिक पर्यटनलाई जसरी भएपनि टेवा दिनु हो ।
राजधानी देखि सुरु भएको राईडरको यात्रा लमजुङको घले गाउँका स्थित ठाउँको शैलपुत्रि मा.वि.राईनसलाई शैक्षिक सामग्री र खेलकुद सामग्री पनि हस्तान्तरण गरेका थिए । दोस्रो दिन फागुन ६ गते सोहि लमजुङ घले गाउँ घुमेर लमजुङमै रहेको अर्को ठाउँ धानापोखराबाटै फिर्ता भए । बाटो खराबीको कारण भुजुङ सम्म जान नसकेको जानकारी महाप्रवन्धक थापाले दिए ।
राइडर यात्रामा ३३ बटा बाईक सम्मिलित थियो भने ५३ जना राइडरको सहभागीता रहेको जानकारी राईडर क्याप्टेन अंकुर अर्यालले दिए । टोलिलाई काठमाडौं क्षेत्र नं ५ नेपाली काङ्ग्रेसका प्रतिनिधि सभा सदस्य प्रदिप पौडेलले खादामाला लगाए राईडरलाई विदाइ गरेका थिए ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments