सन्दीपको क्रिकेट करियर उचाइमा पुगोस् भन्ने मेरो शुभकामना सर्वोच्चका न्यायाधीश खतिवडा
- फाल्गुन १२, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
विदेश जान लगाएको रोक हटाउन माग गर्दै सन्दीप लामिछानेले हालेको निवेदनबारे सर्वोच्च अदालतमा सुनुवाइ सकिएको छ । केहीबेरमा आदेश आउने बताइएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासमा विदेश जान लगाएको रोक हटाउन माग गर्दै सन्दीप लामिछानेले हालेको मुद्दाको सुनुवाइ भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का क्रिकेट म्यानेजर विनोद दासले सन्दीपको जिम्मा आफूले लिने बताएका थिए । सन्दीपलाई एउटा खेलाडीका रुपमा विदेश जान दिनुपर्ने भन्दै उनले यूएई गएपछि पासपोर्ट आफूहरुले लिने र नेपाल आउँदा सँगै ल्याउने बताएका थिए ।
न्यायाधीश खतिवडाले क्रिकेट म्यानेजर दासलाई आफूले विश्वास गर्ने बताए । कानुन उल्लंघनको विषयलाई सर्वोच्च अदालतले गम्भीर रुपमा लिनुपर्ने बताएका उनले कानुनको प्रक्रियालाई किन फरक गर्नुपर्ने भनेर प्रश्न गरे ।
‘कानुनको आधारभूत मूल्य मान्यता मर्न दिनु हुन्न । बरु राज्यले २÷४ करोड व्यहोर्नुपर्छ’, उनले अघि भने, ‘सन्दीपको क्रिकेट करियर उचाइमा पुगोस् भन्ने मेरो शुभकामना छ, यति हुँदाहुँदै पनि प्रक्रियालाई हामीले छाड्न मिल्दैन,’ । आदेश भने केही बेरमा आउँदैछ ।
।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments