शनिवारको खुराक>कविता
प्रिय पिपल

- फाल्गुन १३, २०७९ मा प्रकाशित


बसन्ती भट्ट

मोबाइल फोनको दाहिने कुनामा मुस्कुराइरहने त्यो तस्वीर अचेल हराएको छ ।
सधै कोहि नहुदा पनि भइरहने त्यो मुहार त्यो कुनामा भेटिन्न ।

बिहान को एउटा म्यासेज ले दिन नै उज्यालो लाग्थ्यो ।
एक बोलीले थकान मेटिन्थ्यो

म दुखी हुदा त्यही मुहार सँग कुरा गर्थे
खुसी हुदा उसैलाइ सुनाउथे
मेरो हर पिडाको सारथी थियो त्यो मुहार अनि मुस्कान

तर
आज म रित्तो ठान्दैछु आफुलाई
त्यो मुहार को तस्वीर दुरुस्तै छ मनमा
त्यहि कुनामा अन्य मुहार झल्कि रहन्छन बेलाबेला
सहपाठी, सुभ चिन्तक र अभिभावक सबै सम्झिरहन्छन
जिन्दगी पछाडि गए जस्तो पनि लाग्दैन
तर
म नै छैन जस्तो लाग्छ अचेल
तस्विरले बोल्न छोडिसकेको छ अचेल।
सबै हुदा पनि तिमी छैनौँ जस्तो लाग्छ।
तिमि रहर थियौ तर सपना भयो
त्यसैले पृय मन म छु तर म छैन
मेरो दुख बिसाउने चौतारी, थकाइ मेटाउने बिसौनी, सितलता दिने छहारी र सहयात्री पिपल बिना पनि बर उस्तै ठिङ्ग उभिएको छ।
त्यो छहारी लिदा लिदै कतिबेला आफै वर वने छु

उसो त कसैले छेवैमा पिपल रोपी दिने छ
तर मलाई पिपल बिना पनि बानि पर्नु छ।

त्यसैले प्रिय पिपल, यो बर ढलेछ भने पनि
झाङ्गिरहनु सधैभरी मलाई सुन्नु छ त्यो पिपल वाह क्या गज्जब

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर