अनलाइन लुडोले जोडेकोे हिन्दु युवक र मुस्लिम युवतीको प्रेम कहानी दुई देशको असमझदारीले बिग्रीयो
- फाल्गुन १३, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
भारतका २१ वर्षीय मुलायम सिंह यादव र पाकिस्तानकी १९ वर्षीया इकरा जीवानीको सन् २०२० ताका कोभिड महामारी फैलिएका बेला अनलाइन लुडो खेल्ने क्रममा चिनजान भएको थियो।
यादव ब्याङ्लोरस्थित एक आईटी कम्पनीका लागि सुरक्षागार्डका रूपमा काम गर्थे। जीवानी पाकिस्तानको हैदराबाद सहरमा विद्यार्थी थिइन्।
अनलाइन भेट भएपछि उनीहरूले “लङ–डिस्टेन्स“ सम्बन्ध बनाए। तर जीवानीलाई घरबाट चाँडै बिहे गर्ने दबाव परेको थियो।
गत सेप्टेम्बर महिनामा मुलायम र इकराले नेपालमा भेट गरे। नेपालमै उनीहरूले बिहे पनि गरे।
यादवको सुझावअनुसार उनी पाकिस्तानबाट दुबई हुँदै नेपाल आइन्।प्रहरीका अनुसार उनीहरू दुई जनाले हिन्दूपरम्पराअनुसार नेपालको एउटा मन्दिरमा बिहे गरेका थिए।
तर जीवानीसँग भारतमा बस्नका लागि आवश्यक कागजपत्र थिएन। यादवले उनका लागि भारतीय परिचयपत्र दिलाउन नक्कली आधारकार्डको व्यवस्था गरेको प्रहरीको भनाइ छपछि उनीहरू प्रेममा परे । सँगै बस्न आफूहरूलाई कठिन हुनेछ भन्ने दुवै जनालाई थाहा थियो। भारत र पाकिस्तानबीच तिक्ततापूर्ण सम्बन्ध छ ।त्यसपछि उनीहरू कर्नाटक राज्यको राजधानी ब्याङ्लोर गए अनि त्यहीँ बस्न थाले ।तर ज्यानुअरीमा उनीहरूको खुसीमा वज्रपात भयो।
गैरकानुनी रूपमा भारत प्रवेश गरेको भन्दै जीवानीलाई हिरासतमा लिइयो। यादव पनि पक्राउ परे। उनलाई जालसाजी गरेको र आवश्यक कागजपत्रबिनै विदेशी नागरिकलाई आश्रय दिएको अभियोग लगाइयो।
जीवानीलाई गत साता भारतबाट निष्काशन गरेर पाकिस्तान पठाइएको छ। यादव ब्याङ्लोरको एउटा जेलमा छन्।
मुलायम सिंह यादवको परिवार उत्तर प्रदेशमा बस्छ। परवारजनहरू उनी पक्राउ परेपछि आत्तिएका छन्। उनीहरू भन्छन् – यो त त्यो जोडीको प्रेमकथा मात्र हो।
उनका भाइ जीतलालका अनुसार परिवारले छोरा मुलायम र बुहारी इकरा घर फर्कून् भन्ने चाहेको छ।“हामी पाकिस्तान र भारतबीचको अवस्था बुझ्छौँ तर उनीहरूले गरेको भनेको प्रेम मात्र हो।““गैरकानुनी रूपमा भारत प्रवेश गरेको र जाली कागजपत्र बनाएको कुराबाहेक यो एउटा प्रेमकथाजस्तो मात्र देखिन्छ,” ब्याङ्लोरस्थित एक वरिष्ठ प्रहरी अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा भने।
यादवकी आमा शान्ति देवीले दुवै देशका सरकारले यो जोडीलाई फेरि एक ठाउँमा ल्याउने सहयोग गर्न सक्ने आशा राखेकी छन्।“उनी मुस्लिम वा पाकिस्तानी जे भए नि हामीलाई कुनै समस्या छैन। उनी हाम्री बुहारी हुन्। उनको हामी राम्रो रेखदेख गर्नेछौँ।“
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments