सन्दिप प्रकरण
सर्वोच्चले साधारण तारिखमा छाड्ने आदेश गरेमा क्रिकेटर लामिछाने विदेश जान पाउने
- फाल्गुन १४, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
विदेश जान लगाएको रोक हटाउन माग गर्दै सन्दीप लामिछानेले हालेको निवेदनबारे सर्वोच्च अदालतमा सुनुवाइ सकिएको छ । त्यति नै खेर आएको आदेश अनुसार लामिछाने खेल खेल्न जान नपाउने भएका थिए ।
सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासमा लामिछानेलाई विदेश जान रोक लगाएको थियो । नेपाल क्रिकेट संघ (क्यान)का क्रिकेट म्यानेजर विनोद दासले सन्दीपको जिम्मा आफूले लिने बताउँदै दासले सन्दीपलाई एउटा खेलाडीका रुपमा विदेश जान दिनुपर्ने र यूएई गएपछि पासपोर्ट आफूहरुले लिने र नेपाल आउँदा सँगै ल्याउने बताएका थिए ।
।
‘कानुनको आधारभूत मूल्य मान्यता मर्न दिनु हुन्न । बरु राज्यले २/४ करोड व्यहोर्नुपर्छ’, न्यायाधीश खतिवडाले अघि भने, ‘सन्दीपको क्रिकेट करियर उचाइमा पुगोस् भन्ने मेरो शुभकामना छ, यति हुँदाहुँदै पनि प्रक्रियालाई हामीले छाड्न मिल्दैन,’ । त्यसै सँग सम्वनिधत मुद्दाको सुनुवाई आइतबार हुँदैछ ।
आइतबारको सुनुवाइ उच्च अदालत पाटनले लामिछानेलाई २० लाख धरौटीमा छाड्न गरेको आदेश ठिक थियो कि थिएन भन्नेमा केन्द्रित हुनेछ ।सर्वोच्च अदालतले उच्च अदालतको आदेश सदर गरेमा मात्रै ‘आफूलाई विदेश जान अनुमती दिनुपर्ने’ भनी लामिछानेले पेश गरेको निवेदनमा प्रवेश गरी बहस हुनेछ ।
सर्वोच्च अदालतले जिल्ला अदालतको आदेश सदर गरेमा लामिछाने थुनामा बस्नुपर्नेछ भने साधारण तारिखमा छाड्ने आदेश गरेमा उनले विदेश जान अनुमती माग्नुपर्ने छैन ।
लामिछानेमाथि नाबालिक किशोरीमाथि बलात्कार गरेको आरोप छ । उनी विरुद्धको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधिन छ । शुक्रबार नै लामिछाने विरुद्ध महान्यायाधिवक्ता कार्यालयले पेश गरेको निवेदन पेशीमा तोकिएपछि ‘हेर्न नभ्याइने’ कारण सुनुवाइ हुन सकेको थिएन ।
सर्वोच्च अदालतको एकल इजलासले त्यो निवेदन सहित विदेश जान अनुमती मागिएको निवेदनलाई एक साथ पेश गर्न आदेश दिएको थियो । आइतबार दुई जना न्यायाधीश रहने संयुक्त इजलासमा दुवै निवेदनमाथि सुनुवाइ हुनेछ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments