सन्दिप प्रकरण
यो देशमा के सन्दिप लामिछानेले मात्र गल्ति गरेका छन् त ?
- फाल्गुन १४, २०७९ मा प्रकाशित
सुधीर नेपाल,
काठमाडौं ।
देश र जनताको लागि आफनो जीवन खेलमय बनाउन लागि परेका क्रिकेटर सन्दिप लामिछाने माथि गरिएको व्यवहार लाई नियाँल्दा यहाँ सरकार र यसका गृहमन्त्री कुन दिशामा चलिरहेका छन् । उनी जस्तो क्रिकेटको लागि जादूको छडी बनेका एक खेलाडी किन यत्रो ठूलो अन्याय किन त्यो प्रश्न पनि उठिरहेको छ । किन उनलाई अन्तराष्टिÇय खेलमा सहभागी हुन् दिइदैन । अहिले बजारमा यस्ता अनेक खाले प्रश्नहरु उब्जिएका छन् ।
एक त नेपाल काण्डै काण्डले जेलिएको देश हो । यहाँका प्रमुख दलका नेताहरु यस्ता काण्डमा नमुछिएका कमै छन् । तर उनीहरु माथिको व्यवहार र सन्दिप माथि गरिएको व्यवहारमा आकाश जमिनको फरक भएको छ ।
अन्तर्राष्ट्रिय रुपमै नाम चलेका क्रिकेटर सन्दीप लामिछाने, जसले दिलाएका एकपछि अर्को सफलतामा खुसी नहुने कुन नेपाली थियो होला ! हामी पनि उनीप्रति गौरव गर्ने नागरिकहरु नै थियौं । पहिलोपल्ट सन्दीपमाथि बलात्कारको आरोप लागेको खबर सुन्दा सुरुमा विस्मय, अनि घृणाभाव उब्जेको थियो । यस्तै यस्तैमा दिनहरु बितिरहेका थिए ।
मानिसको जीवन हो । कहिले कहाँ, कहिले कहाँ । सन्दिप लामिछानेको घटनालाई सम्झँदा । अहिलेको समाज कतातिर दौडिरहेको छ भन्ने लागेको छ । युवा र युवती दुबै एक अर्काको सम्भावक हुन् । कोही बिना कोही पनि रहन सक्दैन । यो ध्रुव सत्य पनि हो ।
अझ हाइप्रोफाइल प्रतिवादी सामेल भएको भनिएको मुद्दाबारे बोल्न कति कठिन छ । आत्ममुग्धताले ग्रस्त मानिसहरुको बहुसंख्या भएको समाजमा न्यायको मुद्दा कहिलेकाहीं अलोकप्रिय पनि सुनिन्छ ।
यदि सन्दिप सामान्य नागरिक भएको भए यो कुरा उठ्ने नै थिएन । तर सन्दिप नेपाली क्रिकेटको एउटा तारा थियोे । त्यही तारा नै अहिले आँखा बन्यो । हुन् त पल शाह पनि एउटा चुनिएको नायक थिए । तर समीक्षा जस्ता युवतीको कारण उ फस्न पुग्यो ।
सन्दिप र पलको केस एउटै हो । जुन दिन पलको निर्णय भयो र १० लाखको बिटो पलले युवतीलाई दिनु पर्ने भयो । अनि सन्दिप सँग घुमेर रमाइलो गर्दै राती होटलमा मोजमस्ती गरेर आन्नद लिने । अनि पलको समाचार आउने बित्तिकै प्रहरीलाई जाहेरी दिने त्यो के का लागि भने पैसाको लागि सन्दिप सँग लागेकी ती युवतीको नाटक हो ।
अहिले नेपालमा यो प्रचलनले आधुनिक समाजलाई राम्ररी गाँजेको छ । युवतीहरुलाई कानूनले धेरै भाउ दिएको कारण यो समस्या आएको कुराहरु पनि कानूनका ज्ञाताहरुले बताउन थालेका छन् ।
सन्दिप लामिछाने नेपाली खेलकूदका एउटा क्रेज नै हो । उसको पछाडि जो पनि लाग्न सक्छ । चाहे त्यो युवती हो वा युवा यसले कुनै माने राख्दैन् । तर बजारमा एक पछि अर्को सेलीब्रेटी सिद्धाउने जुन खेलो चलेको छ । त्यसमा पनि ठूलै आर्थिक लेनदेनको कुरा लुकेको छ भन्ने गन्ध आउन थालेको छ ।
नत्र नेपालमा हरेक क्षेत्रमा सेलीब्रेटी जन्मिएका छन् । किन सन्दिप र पल माथि आक्रमण भै रहेको छ । कुनै युवकले केही गर्न खोज्छ । अनि समाजका नालायकहरु आफनो धारीलो हतियारको रुपमा युवतीलाई प्रयोग गर्छ र सेलीब्रेटीहरुलाई प्रहार गर्न थाल्छन् । भारतीय समाजमा चलेको यो चलन नेपालमा बिस्तारै आउन थालेको भान हुन् थालेको छ ।
नत्र भने सन्दिपको नाममा जाहेरी दिने युवतीको अहिले कहाँ छिन् । खाली बदनामीको दायरामा युवक मात्र आउनु पर्ने । समाजमा पैसाको लागि नौटंकीको यात्रा गर्ने यस्ता युवतीहरुको पनि कठोर कानूनको आवश्यकता भै सकेको छ
कुरा यहाँ युवक र युवतीको मात्र होइन । कुरा हो नौटंकी समाजको । जसले आफनो फाइदाको लागि जसलाई पनि जुन खाल्डोमा हाल्न तयार हुन्छ । आधुनिक समाजको धारिलो हतियार भनेको युवती नै हो । जसलाई आफनो ब्यक्तिगत प्रयोजनका लागि आधुनिक समाजका मतियारहरुले प्रयोग गरिरहेका छन् ।
सोही अनुसार युवतीहरु प्रयोग भै रहेका छन् । यस्तो बिकृतिलाई समाजले साथ दिइरहेको छ । कानूनले साथ दिइरहेको छ । यही कानून र समाजको आडमा समाजका चुनिएका ब्यक्तिहरुलाई सिद्धयउने एउटा गिरोह सञ्चालनमा छ ।
आर्थिक उर्पाजनको लागि प्रयोग गरिने युवतीहरु नै यो गिरोहबाट सञ्चालित छन् । यस्ता गिरोहहरुलाई समाप्त गर्ने एउटा निकायको आवश्यकता भै सकेको छ । नत्र समाजमा लुकेर बस्नु सिवाय केही हुदैन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments