सन्दिपको मुद्दाको सुनुवाइ बन्द इजालसमा

- फाल्गुन १४, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालको इजलासले सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ बन्द इजलासमा गर्न आदेश दिएको हो ।
नाबालिक बलात्कारको मुद्दामा पुर्पक्षका लागि थुनामा पठाएका लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालत, पाटनको आदेशविरुद्ध सरकारले दिएको निवेदन र विदेश जाने अनुमति दिन लामिछानेले दिएको निवेदन न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालको संयुक्त इजलासमा परेको थियो ।
सरकारी निवेदनमाथि सुनुवाइ सुरु गर्नुअघि सन्दीपका वकिलले बन्द इजलासमा सुनुवाइ गर्न माग गरेका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर