जन-स्वास्थ्यमा खेलवाड – अस्पतालले दाताबाट निःशुल्क प्राप्त रगतमा मनोमानी शुल्क असुल्ने क्रम जारी
- फाल्गुन १४, २०७९ मा प्रकाशित
विपरीत असुल्नु खुलेआम भ्रष्टाचार पनि हो – रक्तदाता समाजका केन्द्रीय अध्यक्ष कर्माचार्य
कासिन न्यूज,
काठमाडौं ।
पुरानो बानेश्वरका कुमार के.सी प्राय जसो सप्ताहको एक पटक मिर्गौला फेल भएका ४८ वर्षीय नातेदारको उपचार गराउन जान्छन् । उपचारको क्रममा अस्पतालले रगतको शुल्क जति तोके पनि तिर्न बाध्य भएको उनले बताए । ‘रगत पाइएला कि नपाइएला भनेर तनाव भइरहेको हुन्छ । बिरामी छटपटिइरहेका बेला जति भने पनि तिर्नैप¥यो,’ उनले भने । उनका अनुसार मिर्गौलाका बिरामीलाई रगत अभाव भए सास फेर्न र हिँड्डुल गर्न गाह्रो हुने गर्छ ।
के.सीका नातेदार एउटा उदाहरण मात्र यस्ता कतिपय बिरामीहरु अहिले पनि रगतको अभाव र अस्पतालको लार्पवाहीको सिकार दिनानु दिन भै रहेका छन् । यसरी जनताको स्वास्थ्यको प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्य सम्वन्ध निकाय भने देखे पनि नदेखे जस्तो गरेर बसी राखेका छन् । जसको फाइदा अस्पताल सञ्चालकहरुले लिई राखेका छन् ।
अहिले हरेक दिन एक जना दाताले दिएको रगतबाट प्याक सेल, पीआरपी, एफएफपी र प्लेटलेट्स गरी चार वटासम्म रक्ततत्त्व तयार पार्न सकिन्छ । रेडक्रस सोसाइटी र निजी अस्पतालले प्रत्येक रक्ततत्त्वका लागि विभिन्न परीक्षणका नाममा १ हजार ६ सय रुपैयाँसम्म शुल्क लिन्छन ।
नेपाल रेडक्रस सोसाइटी र ब्लड बैंक सञ्चालन अनुमति प्राप्त निजी अस्पतालले दाताबाट निःशुल्क प्राप्त रगतमा मनोमानी शुल्क असुलिरहेका छन् । उनीहरूले एक पटक जाँच गरी छुट्याइसकेका रक्ततत्त्वको समेत प्रत्येक युनिटको जाँच गर्दासरहकै शुल्क लिने गरेका छन् ।
स्वास्थ्य मन्त्रालयले २०७८ चैत २२ मा प्रविधिका आधारमा रगतको जाँच गरेको शुल्क ८ सय १० देखि १ हजार ६ सय ४० रुपैयाँ लिन पाउने व्यवस्था गरे पनि रगतमा हुने मनोमानी भने रोकीएको छैन ।
नेपाल रेडक्रस सोसाइटीका अनुसार २०७८÷७९ मा मुलुकभरबाट २ लाख ७३ हजार १ सय ७० युनिट रगत संकलन भएको थियो । त्यसबाट रक्ततत्त्व छुट्याएर ३ लाख ५२ हजार ९ सय १९ युनिट वितरण गरिएको तथ्यांक छ । यसअनुसार रेडक्रसले रक्ततत्त्व छुट्याइसकेको ७९ हजार ७ सय ४९ युनिट वितरण गरेको हो अर्थात् रेडक्रसले एक वर्षमै १० करोड ३६ लाख ७३ हजार ७ सय रुपैयाँ अतिरिक्त शुल्क उठाएको छ । ब्लड बैंक सञ्चालनको अनुमति प्राप्त निजी अस्पतालले पनि छुट्याइसकेको रक्ततत्त्वका लागि पनि बिरामीबाट १ हजार २ सयदेखि १ हजार ६ सय रुपैयाँसम्म लिइरहेका छन् ।
दाताबाट प्राप्त रगतको जाँचअन्तर्गत रक्त समूह ट्युब विधि वा जेल कार्ड विधिबाट छुट्याए ५० र २ सय ५० रुपैयाँ, क्रस म्याचिङको २ सय र २ सय ८० रुपैयाँ, एचआईभी, हेपाटाइटिस बी, सी आरडीटी र क्लिया विधिबाट जाँच गरे क्रमशः ३ सय ५० र ७ सय रुपैयाँ, हेमोग्लोबिन जाँच र रिफ्रेसमेन्ट भनी क्रमशः ६० र एक सय रुपैयाँ, ब्लड ब्यागको १ सय ५० रुपैयाँ, ट्रान्सफ्युजन सेट (रगत सार्न प्रयोग हुने पाइप) को एक सय रुपैयाँ लिन पाउने स्वास्थ्य मन्त्रालयले व्यवस्था गरेको छ । सरकारले गत वर्ष उक्त शुल्क तोक्नुअघि सबै गरी ४ सय ९५ रुपैयाँ लिन पाउने व्यवस्था थियो । प्रायः दुर्घटना, शल्यक्रिया, प्रसूति, क्यान्सर, रक्तश्राप, कलेजो बिग्रेका, थेलेसिमिया, ल्युकेमिया, हेमोफिलियाका बिरामीलाई रगत र रक्ततत्त्व आवश्यक पर्छ ।
नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्य दाताले निःशुल्क दिएको रगतको मूल्य तोक्नु गलत रहेको बताउँछन् । ‘विपरीत असुल्नु खुलेआम भ्रष्टाचार पनि हो,’ उनले भने, ‘सम्बन्धित निकायले तत्काल अनुगमन गरी कारबाही गरियोस । दाताबाट निःशुल्क प्राप्त रगत निःशुल्क वितरण हुनुपर्छ ।’
राष्ट्रिय रक्तसञ्चार निति–२०७१ मा रक्तसञ्चार सेवा लागत परिपूर्ति हुने किसिमले मात्र शुल्क लिनुपर्ने व्यवस्था छ । त्यसमा गरिबलाई निःशुल्क रगत उपलब्ध गराउनुपर्ने व्यवस्था भए पनि रेडक्रसले कार्यान्वयन गरेको छैन ।
‘एचआईभी, हेपाटाइटिस बी र सी देखिएको कतिपय रगत खेर जान्छ । जनशक्ति, उपकरण र केमिकल पनि चाहियो । फोहोर व्यवस्थापन, प्रचारप्रसार र अनुसन्धानका लागि छुट्टै खर्च लाग्छ,’ उनले भने । यस वर्षबाट नीतिगत निर्णय गरेर गरिबलाई निःशुल्क रगत वितरण गर्ने चाँजोपाँजो मिलाइरहेको पौडेलले बताए ।
उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँले रगतमा मनोमानी शुल्क असुलीका विषयमा स्वास्थ्य मन्त्रालयले तत्काल छानबिन थाल्नुपर्ने बताए । ‘जनस्वास्थ्य ऐनअनुसार स्वास्थ्य मन्त्रालय र उपभोक्ता संरक्षण ऐनअनुसार वाणिज्य विभागले तत्काल अनुगमन थाल्नुपयो,’
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments