प्रदेश नं १ बाट तत्काल राप्रपाले सरकार नछोडने
- फाल्गुन १४, २०७९ मा प्रकाशित
कासिन न्यूज,
विराटनगर ।
राष्ट्रपति निर्वाचनको टुंगो लागे सँगै सरकारलाई सर्मथन गरेको दल राप्रपाले संघ र प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको थियो । अहिले संघ र बागमती प्रदेश सरकारबाट बाहिरीएको राप्रपाले तत्काल प्रदेश नं १ को सरकार नछोडने बताएको छ ।
राप्रपा प्रदेश १ संसदीय दलका नेता तथा उद्योग कृषि तथा सहकारी मन्त्री भक्ती सिटौलाले पार्टी नेतृत्वसँगको छलफलपछि मात्रै सरकारबारे निर्णय गर्ने बताए । अन्य प्रदेशको तुलनामा प्रदेश १ को परिस्थिति फरक रहेका कारण छलफलपछि निर्णयमा पुगिने उनले बताए ।
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको शनिबारको बैठकपछि राप्रपाबाट संघीय सरकारमा उपप्रधान तथा उर्जामन्त्री रहेका राजेन्द्र लिङ्देनसहित मन्त्रीहरुले राजिनामा दिइसकेका छन् ।
हिक्मतकुमार कार्की नेतृत्वको प्रदेश १ सरकारमा राप्रपाबाट सिटौला मन्त्री भएका थिए ।
९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । प्रदेशमा नेकपा एमालेको सहयोगमा प्रत्यक्ष तर्फ दुई सिट जितेको राप्रपा एमालेसँग नजिक छ । एमाले र राप्रपा एक ठाउँमा उभिए ४६ मत पुग्छ । कांग्रेस माओवादी केन्द्र, एकिकृत समाजवादी र जसपाको गठबन्धनको मत पनि (सभामुख बाहेक) ४६ नै पुग्छ ।
प्रदेश १ प्रदेशसभामा एमालेका ४०, प्रदेशसभामा कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६,नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments