•  ११ पुष २०८१, बिहीबार

परराष्ट्र मन्त्री राष्ट्रसंघीय मानव अधिकार परिषद्को बैठकमा भाग जेनेभा जाँदै

- फाल्गुन १४, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

परराष्ट्र मन्त्री विमला राई पौड्याल संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्को बैठकमा भाग लिन आइतबार जेनेभा जाँदैछिन् । परराष्ट्र मन्त्रालयले आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी मन्त्री पौड्याल जेनेभा जान लागेको जानकारी दिइएको हो। बैठकमा नेपालले मानव अधिकारको क्षेत्रमा हासिल गरेको उपलब्धिबारे सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्री पौड्यालले बताइन्।
सदस्य राष्ट्रको हैसियतले यस क्षेत्रमा आफूले गरेको प्रगतिबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउन र बहुपक्षीय तथा द्वीपक्षीय छलफलको माध्यम अन्य मुलुकसँगको सम्बन्धलाई अझै बलियो बनाउने अवसरमा रूपमा पनि सो बैठकलाई उपयोग गरिने मन्त्री पौड्यालले बताइन्।
‘हाम्रो उपस्थिति अत्यन्तै महत्वपूर्ण हुनेछ। हामीले यस क्षेत्रमा राम्रो काम पनि गरेका छौं। हामीले राम्रो तयारी गरेका छौं। विशेष गरेर मानव अधिकारको क्षेत्रमा नेपाललाई राम्रै मानिन्छ। हामी मानव अधिकारको क्षेत्रमा राम्रो प्रगति गरेको देश भित्रै पर्छौं,’ मन्त्री पौड्यालले भनिन्,‘त्यो कामलाई हामीले विश्वसामु चिनाउनुपर्ने हुन्छ। देखाउनु पर्छ।
त्यसका निम्ति पनि हाम्रो उपस्थिति जरूरी छ। र, हामी त्यहाँ गएर राम्रो अभ्यास पनि दर्शाउँछौं। द्वीपक्षीय र बहुपक्षीय सम्बन्ध विस्तारको विषयमा पनि छलफल हुन्छ।’
मन्त्री पौड्याल सोही बैठकमा भाग लिएर कतारको दोहामा हुने अतिकम विकसित राष्ट्रहरूको सम्मेलनमा सहभागी हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बताइन्।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर