सुरक्षाको बाहना बनाएर काठमाडौंका मेयर साहलाई राजीनामा दिन बाध्य बनाईदै
- फाल्गुन १४, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौैं ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले फेसबुकमा स्ट्याटस लेख्दै आफूलाई मेयर पदबाट राजीनामा दिन लगाउने प्रपञ्च भै रहेको बताएका थिए । यो देश कहिले पनि बन्दैन।’
बालेनले २०–२५ दिनदेखि नेपाल सरकारसँग चार–पाँच वटा कुरामा सहकार्य गर्न खोजिरहेका थिए । तर नेपाल सरकारले कुनै पनि चासो व्यक्त नगरेको उनको भनाइ छ। मेयर साहले आफनो सुरक्षाको लागि बारम्बार गृह मन्त्रालयसँग कुनै जवाफ नआएको ती सदस्यले बताए । गृह सचिवलाई भन्दा गृह मन्त्रीलाई भन्नु पर्ने र गृह मन्त्रीलाई भन्दा प्रधानमन्त्रीलाई भन्नुपर्ने भन्दै काम नगरेको उनको भनाइ छ।
स्थानीय सरकारले सहयोग माग्ने भनेको केन्द्र सरकारमा हो तर केन्द्र सरकारले नै सहयोग नगरेपछि त यो काम नगर भनेर राजीनामा दे भनेर बाध्य पारिएको त हो नि!’
जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिँदै बालेनले पुस २९ गते सुरक्षाकर्मी माग गरेको थिए। काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले निवेदन गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखामा पठाएको बताएका थिए।
मंसिर १२ गते थापाथलीको सुकुम्बासी बस्ती हटाउने क्रममा महानगरीय प्रहरीमाथि ढुंगामुढा गर्ने र बालेनलाई ज्यान मार्ने धम्की दिने ६ जनाविरूद्ध किटानी जाहेरी दर्ता गरेको थियो। किटानी जाहेरीमा १ महिलासहित ५ जना पुरूष रहेका छन्प्रहरीमा किटानी जाहेरी दिँदा पनि ती व्यक्तिहरूलाई नपक्रिएको उनी बताउँछन्।
ती व्यक्तिहरूले घरमा गएर ज्यान मार्ने धम्की दिई आफन्तहरूलाई प्रेसर दिइरहेका छन्,’ उनले भने, ’उनीहरूलाईनियन्त्रणमा लिनुप¥यो भनेर भन्दा पनि कसैले कुनै किसिमको चासो व्यक्त गरिरहेका छैनन्।’मेयरले बोलेको कुरा सरकारले सुन्दैन भने त जनताको कुरा त सुन्दै सुन्दैन,’ उनले भने।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments