•  ११ पुष २०८१, बिहीबार

राजधानीमा यो वर्षको पहिलो वर्षा गड्याङगुडुङसहित हावाहुरी

- फाल्गुन १४, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

आइतबार राजधानीको आकाशमा गड्याङगुडुङसहित हावाहुरी चलेर यो वर्षको पहिलो वर्षा भएको छ । साँखुलगायत क्षेत्रमा पानी पर्न सुरू भएको छ। साँझसम्म काठमाडौं अरू ठाउँमा पनि हल्का वर्षा हुने सम्भावना छ,’ मौसम पूर्वानुमान महाशाखाले काठमाडौंमा यसपालिको पहिलो हिउँदे वर्षा भएको बताएको छ ।
पश्चिमी वायुको प्रभावका कारण आइतबार देशैभरिका पहाडी क्षेत्रमा मौसम बदली भएको छ। पोखरा, लमजुङ, गोरखालगायत क्षेत्र हल्का वर्षा भएको छ। प्रि–मनसुनको अवधि सुरू हुन लागेकाले वर्षासँगै हावाहुरी पनि चल्न सक्ने भएकाले सजगता अपनाउन मौसमविद्हरुले आग्रह गरेका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर