प्रधानमन्त्रीले समय उपलब्ध नगराएका कारण जनगणनाको तथ्याङ्क सार्वजनिक गर्न सकिएन
- फाल्गुन १५, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
एक वर्षभन्दा बढी समय बित्दा पनि जनगणनाको परिणाम सार्वजनिक भएको छैन। यसरी तोकिएको समयमै नतिजा सार्वजनिक नहुनुमा देशको राजनीतिक घटनाक्रमसँगै जात, धर्म र भाषासम्बन्धी अन्योल रहेको अधिकारीहरूले बताएका छन्।
२०७८ सालको माघ दोस्रो साता नेपालको राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा सार्वजनिक भएको थियो। त्यति बेला राष्ट्रिय तथ्याङ्क कार्यालयले छ महिनाभित्र जनगणनाको अन्तिम प्रतिवेदन प्रकाशन गर्ने योजना रहेको बताएको थियो।
“जात, धर्म र भाषाजस्ता सामाजिक विषयमा देखिएको अन्योलका कारण तीबारे तथ्याङ्क तयार भए पनि सार्वजनिक गर्नु अघि विभिन्न कुरा स्पष्ट पार्नुपर्ने भएकाले तत्काल सार्वजनिक गर्न नसकिने कारण सम्वन्धित अधिकारीहरु दिन्छन् ।
“केही ठाउँमा पहिले नसमेटिएका जात, धर्म र भाषा टिपोट भएका छन्। उदाहरणका लागिः काठमाडौंको स्थानीयवासीले ‘म यहाँको स्थानिय भाषा बोल्छु’ भनेका छन्। अब ती मानिसले भनेजस्तै ‘राजधानीबासी’लाई भाषा ठहर गर्ने कि नगर्ने त?,” उनले अन्योलबारे प्रस्ट पार्न उदाहरण पेस गरे।
गणनाको तथ्याङ्क त्रुटिरहित होस् भन्ने हेतुले समिति गठन गरी विज्ञको सुझाव लिएर मात्र उल्लेखित विषयबारे निर्णय गरिने बताइएको छ। त्यसका लागि मूल प्रतिवेदन प्रकाशन भएपछिको दुईदेखि तीन महिना लाग्ने अनुमान गरिएको छ।
राष्ट्रिय जनगणना २०६८ का अनुसार नेपालमा हिन्दू धर्मका अतिरिक्त नौवटा अन्य धर्मका अनुयायीहरू छन्। तीमध्ये सिख धर्मावलम्बीहरूको जनसङ्ख्या सबैभन्दा थोरै सानो र घट्ने क्रममा छ। अघिल्लो जनगणनामा नेपाली सिखहरूको जनसङ्ख्या ६०९ मात्र थियो।
अहिले ती बाहेक अन्य धर्म अवलम्बन गर्नेहरू पनि देखिएका हुन्।पहिलेदेखि नै राष्ट्रिय जनगणनाको तथ्याङ्क प्रधानमन्त्रीले सार्वजनिक गर्ने प्रचलन छ। तर, यस पटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको व्यस्तताका कारण समेत प्रतिवेदन सार्वजनिक गर्न ढिला भएको हो ।
प्रधानमन्त्रीले समय उपलब्ध नगराएका कारण नै तयारी अवस्थामा रहेको तथ्याङ्क सार्वजनिक नगरिएको हो। उहाँ व्यस्त भएर समय दिन सक्नु भएको छैन।
प्रधानमन्त्री प्रचण्ड अहिले राष्ट्रपति चुनावका लागि विभिन्न दलका नेताहरूसँगको भेटघाट र छलफलमा व्यस्त रहेको विवरणहरू सार्वजनिक भएका छन्।
नेपालको राष्ट्रिय जनगणना–२०७८ को तथ्याङ्कअनुसार देशको कुल जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४८० छ। देशभरि महिलाको सङ्ख्या एक करोड ४९ लाख एक हजार १६९ रहेको छ भने पुरुषको सङ्ख्या एक करोड ४२ लाख ९१ हजार ३११ रहेको छ।तुलनात्मक रूपमा जनसङ्ख्या वृद्धिदर घटेको छ।
त्यस्तै जनघनत्व १९८ जना प्रतिवर्गकिलोमिटर रहेको तथ्याङ्क छ। एक दशकअघि नेपालमा जनघनत्व १८१ जना प्रतिवर्गकिलोमिटर थियो।
सार्वजनिक तथ्याङ्कअनुसार विदेशमा रहेका नेपालीको सङ्ख्या २१ लाख ६९ हजार ४७८ छ। तथ्याङ्क कार्यालयकाका अनुसार अपाङ्गता भएकाहरूको र यसअघि राष्ट्रिय जनगणनामा नसमेटिएको लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूबारे तथ्याङ्क तयारी अवस्थामा छ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments