•  ११ पुष २०८१, बिहीबार

राजधानीमा होलीको स्वागत सुरु भयो

- फाल्गुन १५, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

राजधानीमा अब फागु अर्थात होलीको मौसम सुरु भएको छ । हनुमानढोकामा रंगचंगी ध्वजाले सजाइएको तीनतले चीर ठड्याइएको छ । यसरी हनुमानढोका दरबारको गद्दी बैठकको छेउमा चीर ठड्याइपछि देशभर फागु अर्थात् होली पर्व सुरु भएको मानिन्छ ।
फागुन शुक्ल अष्टमीका दिन ठड्याइने चीर उठाएपछि देशभर होली पर्व सुरु भएको मानिन्छ । सोमबार बिहान ७ः४५ बजेको साइतमा मानन्धर समुदायले रंगीचंगी ध्वजासहितको चीर ठड्याएका छन् । साथै उनीहरुले एकअर्कालाई अबिर दलेर होली पर्व सुरु भएको जनाउ दिएका छन् ।
पशुपति, हनुमानढोका दरबारको सुन्दरीचोक, ललितपुरको पाटन दरबार क्षेत्रको कृष्णमन्दिर परिसरमा पनि रंगीचंगी कपडा झुण्ड्याएर होली सुरु भएको जनाउ दिने गरिन्छ ।
यस वर्षको होली पर्वको मुख्य दिन फागुन २२ र २३ गते परेको छ । २२ गते हिमाली तथा पहाडी जिल्लामा र २३ गते तराई जिल्लामा होलीको सार्वजनिक विदा दिइएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर