म्यानचेस्टर युनाइटेडले चुम्यो इएफएल कप
- फाल्गुन १५, २०७९ मा प्रकाशित
एजेन्सी ।
म्यानचेस्टर युनाइटेड इएफएल अर्थात कारवाओ कपको बिजेत बनेको छ । प्रिमियर लिग प्रतिद्धन्द्धी न्यूक्यासल युनाइटेडलाई २–० ले पराजित गर्दै युनाइटेड २०१७ पछि कारवाओ कपको बिजेता बन्न सफल भएको हो ।
६ वर्षअघि अर्थात सन् २०१६–१७ को सिजनमा साउथह्याम्टनलाई हराएर उपाधि जित्न सफल भएको थियो । वेम्वली स्टेडियममा आइतबार राति भएको खेलमा युनाइटेडलाई च्याम्पियन बनाउन क्यासमिरोले गोल गर्दा एक गोल उपहार पाएको थियो ।
३३औं मिनेटमा क्यासमिरोले लुका साको फ्रिकिकमा हेडरमार्फत सानदार गोल गर्न सफल भएका थिए । ३९औं मिनेटमा स्भेन बोटम्यानले आत्मघाती गोल गरेपछि युनाइटेड पहिलो हाफमा २–० को अग्रता लिन सफल भयो । मार्कस रासफर्डको प्रहारलाई बचाउने क्रममा स्भेनले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए ।
दोस्रो हाफमा न्यूक्यासलले बल पोसेसन राख्दै युनाइटेडलाई दवावमा राखेपनि गोल गर्न नसक्दा उपाधिबाट वञ्चित बन्न पुग्यो । न्यूक्यासल कुनैपनि च्याम्पियनमा २४ वर्षपछि फाइनलमा पुगेको थियो । न्यूक्यासल सन् १९६९ पछि फाइनलमा पुगेपनि उपाधि भने जित्न सकेन ।
प्रशिक्षक एरिक टेन ह्यागको प्रशिक्षणमा युनाइटेडले पहिलो उपाधि जित्न सफल भएको हो । युनाइटेडले ६ वर्षअघि जोसे मौरिन्होको नेतृत्वमा युरोपा लिगको उपाधि तथा सोही सिजन कारवाओ कपको उपाधि जितेको थियो ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments