काठमाडौंमा चिसो बढ्यो -उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना
- फाल्गुन १५, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
आइतबार पानी परेपछि काठमाडौं उपत्यकामा सोमबार बिहान चिसो महसुस भएको छ । न्यूनतम तापक्रम ७.२ डिग्री सेल्सियस रहेकाले अघिल्ला दिनहरुको तुलनामा चिसो महसुस भएको मौसमविद अधिकारीले बताए ।
आइतबार र शनिबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस थियो ।
हिउँद सुरु भएको लामो समयपछि पानी परेपछि बालीनाली सप्रिने आशले किसानहरु खुसी भएका छन् । तर नेपालमा पूर्वानुमान गरेअनुसार यस वर्षको हिउँद सुक्खा भएको छ । मौसम विज्ञान विभागका अनुसार विगत १७ वर्षयताको तथ्यांक हेर्दा ११ हिउँदमा औसतभन्दा कम पानी परेर सुक्खा देखिन्छ ।
पहाडी भेगमा सोमबार पनि हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उच्च पहाडी तथा हिमाली भेगमा भने हिमपातको सम्भावना छ । हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव छ । साथै प्रि–मनसुन सुरु हुनुभन्दा अगाडिको गतिविधि सक्रिय छ ।
त्यसैकारण आइतबार काठमाडौं उपत्यका र त्यस आसपासका जिल्लाहरुमा मेघगर्जनसहित यस वर्षको पहिलो हिउँदे वर्षा भएको थियो । बेलुकादेखि रोकिएको वर्षा सोमबार (आज) दिउँसो पुनः सुरु हुने सम्भावना रहेको मौसमविदले बताएका छन् । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकामा सोमबार दिउँसो पनि हल्का वर्षाको सम्भावना रहेको जानकारी दियो ।
सोमबार प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भागका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना छ ।
साथै उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना पनि रहेकाले आवश्यक सतर्कता अपनाउन र मौसम सूचना तथा पूर्वानुमानमा अद्यावधिक रहन महाशाखाले अनुरोध गरेको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments