आइसिसी यू–१९ विश्वकप
हङकङलाई ९ विकेटले हराउँदै लगातार नेपालको तेस्रो जित
- फाल्गुन १५, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेपालले आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटमा हङकङलाई ९ विकेटले हराउँदै लगातार तेस्रो जित हात पारेको छ । लगातार तेस्रो जितसँगै नेपालको विश्वकप यात्रा मजबुत बनाएको छ ।
जितको लागि १ सय २१ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २२.१ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा ओपनर आकाश त्रिपाठी ७२ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ६४ रनमा अविजित रहे । डेब्यू खेल खेलेका उत्तम थापामगर ५० बलमा ४ चौकासहित ३९ रनमा अविजित रहे । दोस्रो विकेटका लागि आकाश र उत्तमले ९८ रनको साझेदारी गरेका थिए । ओपनर अर्जुन कुमाल भने १२ बलमा ३ चौकासहित १६ रनमा आउट भए ।
त्यसअघि मलेक क्रिकेट ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ रोजेको हङकङ ४६.३ ओभरमा १ सय २० रनमा अल आउट भएको थियो । हङकङका मध्यक्रमका ब्याटर पर्थ भगवतले ९३ बल खेल्दै ४ चौकासहित सर्वाधिक ३६ रन बनाए । पर्थ बाहेक अन्य कुैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
स्पिनर दीपेश कँडेलको बलमा दीपक डुम्रेबाट क्याच आउट भएका थिए । मोहम्मद अलियान जाहिर ६७ बलमा ३ चौकासहित २९ रनमा आउट भए । नेपालको सानदार बलिङ सामु हङकङका ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालका सुवास भण्डारीले १० ओभरमा ३ मेडनसहित १० रन खर्चेर २ विकेट लिए । सुवासले ६० मध्य ५१ बल डट राखेका थिए । ९ ओभरमा ३ मेडनसहित १९ रन खर्चेर ३ विकेट लिए । हेमन्तले ३७ बल डटराखेका थिए । आकाश चन्दले ८।३ ओभरमा ४३ रन खर्चेर २ विकेट लिए । दीपेश कँडेलले एक विकेट लिए ।
नेपालले पहिलो खेलमा सिंगापुरलाई ९६ रन र कुवेतलाई २ सय ४३ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । नेपालले मंगलबार मलेसिया र मार्च २ मा युएईसँग खेल्नेछ । ६ टोली सहभागी प्रतियोगिता शीर्ष टोली आगमी वर्ष श्रीलंकामा हुने यू–१९ विश्वकप खेल्न पाउनेछ । नेपाल र युएई प्रतियोगिता प्रमुख दाबेदार टोली हुन्
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments