लिखु हाइड्रो पावरको वेवास्ताले कर्मचारी सवारी चालकको ज्यान गयो
- फाल्गुन १५, २०७९ मा प्रकाशित
कासिन न्यूज,
रामेछाप ।
रामेछापको उमाकुण्ड गाउँपालिकास्थित लिखु हाइड्रो पावर कम्पनीमा सवारी चालकका रुपमा कार्यरत कुभुकास्थलीका ४१ वर्षीय उद्योगबहादुर कटवालको मृत्यु भएको छ ।
गाडी पुछ्ने क्रममा एक्कासी बेहोस भए ढलेका उनलाई समयमा उपचारका लागि अस्पताल नल्याइँदा मृत्यु भएको परिवारको आरोप छ । मृतक कटवालका आफन्त सुशील थापाका अनुसार अघिल्लो बुधबार उनी एक्कासी विरामी भएपछि उपचारका लागि हेलिकोप्टरमा लगिदिन अनुरोध गरिएको थियो ।
तर, कम्पनीका सञ्चालकहरुले वास्ता नगरेको उनी बताउँछन् । ‘गम्भिर भएपछि उहाँले आफैं पैसा तिर्छौं, हेलिकोप्टरको व्यवस्था गरिदिनु भन्नुभएको रहेछ’, थापाले अनलाइनखबरसँग भने, ‘तर, उनीहरुले ट्यांकरमा पठाइदिएछन् ।’
परिवारका सदस्यलाई पनि समयमा यसबारे जानकारी नगराइएको पीडित पक्षको आरोप छ । जिल्ला प्रहरी कार्यालय, रामेछापका अनुसार अहिले दुई पक्षबीच छलफल भइरहेको छ । हालसम्म शव स्थानीय स्वास्थ्य चौकीमै अलपत्र छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments