सन्दिप प्रकरण
लमिछानेको मुद्दाको बहस सकियो आदेश आजै आउने
- फाल्गुन १५, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको इजलास बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा परेको थियो। सोमबार सन्दीपको तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, अधिवक्ता सरोजकृष्ण घिमिरे र रोशनी पौडेलले बहस गरे। पीडित नाबालिकको पक्षबाट सहन्यायाधिवक्ता सञ्जिवराज रेग्मीले जवाफी बहस गरेसँगै सन्दीप लामिछानेले दायर गरेको निवेदन सुनुवाइ सकिएको छ।
सुनुवाइ सकिएसँगै सोमबार नै आदेश आउने भएको छ। आइतबार पीडित किशोरीका तर्फबाट १ जना कानुन व्यवसायी र २ जना सरकारी वकिलले बहस गरेका थिए। यस्तै, सन्दीपका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भू थापासहित कृष्णप्रसाद सापकोटा, सविता भण्डारी बराल, मुरासी सापकोटाले बहस गरेका थिए।
पीडितको पक्षबाट बहस गर्नेहरुले सन्दीपलाई टीममा राख्दा विपक्षी खेलाडीहरुले हातसमेत नमिलाएको भन्दै खेल्नका लागि टिममा राख्न नहुने र उच्च अदालत पाटनले धरौटीमा छाडेको आदेश रद्द गर्दै पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने माग राखेका थिए।
देश छाडेर विदेश जान नपाउने लगायतका सर्तका कारण सन्दीप संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा हुने आईसीसी विश्वकप लिग–२ खेल्ने नेपाली टोलीमा सहभागी हुन पाएनन्। आफूले विदेश जान नपाउने उच्च अदालतको सर्त खारेजीको माग गर्दै सन्दीपले सर्वोच्च अदालतमा निवेदन दिएका थिए।
सन्दीपले दायर गरेको निवेदनमा प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको शुक्रबारको इजलासले सन्दीपको निवेदन र उनलाई धरौटीमा रिहा गर्ने उच्च अदालतको आदेशविरुद्ध सरकारी पक्षले दिएको निवेदन साथै राखेर सुनुवाइ गर्नका लागि आइतबारलाई पेसी तोक्न आदेश दिएको थियो।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments