प्रधानमन्त्री प्रचण्डको सल्लाहकारको रुपमा जेनेभा बैठकमा पूर्व कानून मन्त्री कोइराला
- फाल्गुन १६, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
स्वीट्जरल्याण्डको जेनेभामा आयोजित संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषदको ५२औं बैठकमा परराष्ट्रमन्त्री विमला राई पौड्याल सहभागी हुन जाने तयारीमा रहेको बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अन्तिम समयमा उनको भ्रमण रोकेका थिए । प्रधानमन्त्री दाहालले मन्त्रीहरुलाई गर्ने व्यवहार ठिक नभएको भन्दै नेकपा एमालेले सरकारबाट बाहिरिंदै समर्थनसमेत फिर्ता लिएको छ ।
सोही कार्यक्रममा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पूर्व कानुनमन्त्री गोविन्दप्रसाद कोइराला (गोविन्द बन्दी) सहभागी भएका छन् ।
प्रधानमन्त्री प्रचण्डको शान्ति तथा मानवधिकार सल्लाहकारको रुपमा परिषदको बैठकमा सहभागी भएको जेनेभास्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।
पूर्वकानुनमन्त्री कोइराला सोमबार बिहान जेनेभा पुगेका थिए । उनलाई जेनेभास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा राजदूत मणिप्रसाद भट्टराई, संयुक्त राष्ट्रसंघको कार्यालय र अन्तर्राष्ट्रिय संस्थाका लागि नेपालका स्थायी प्रतिनिधि तथा नियोगका अधिकारीहरुले स्वागत गरेका थिए ।
कोइरालासँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव उदयराज सापकोटा, परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्साल पनि परिषद बैठकमा सहभागी हुन जेनेभा पुगेका छन् ।
सोमबार दिउँसो परिषदले युवा रणनीति २०३० सँग सम्बन्धित छलफल कार्यक्रम आयोजना गरेको थियो । सो कार्यक्रमलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव उदयराज सापकोटाले सम्बोधन गरेका थिए ।
कोइरालाले मंगलबार आयोजना हुने परिषदको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ । मानवअधिकार परिषदको ५२औं बैठकमा १२५ भन्दा बढी देशका मन्त्री र विशिष्ट व्यक्तिहरु सहभागी छन् । बैठक ४ अप्रिल (फागुन २० गते) समापन हुनेछ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments