चलचित्रमा असफलता हात लागे नि प्रेममा सफल भइन नायिका सहारा
- फाल्गुन १६, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेपाली चलचित्रकी उदयमान तारा नायिक सहारा कार्की विवाह बन्धनमा बाँधिने भएकी छिन् । ‘दर्पण छायाँ २’बाट नेपाली चलचित्र पहिलो कदम राखेकी सहाराले पहिलो चलचित्रमा खासै राम्रो अभिनयको जादू देखाउन नसके पनि उनी राम्रै नायिकाको गनिएकी थिइन् । क्विट र स्वीटी नायिका सहारा ‘दर्पण छायाँ २’ को असफलता पछि चलचित्र क्षेत्रमा त्यति सक्रिय रहेकी थिइनन ।
यहि चलचित्रमा अभिनय गर्ने क्रममा नायक एवं पूर्व सञ्चारकर्मी रहेका फिरोज तिमल्सिना सँग नजिकिन पुगेकी सहारा पछि फिरोज सँग प्रेममा चुर्लुम्म डुबिन । हाल अमेरिकामा बसोबास गर्दै आएका यो जोडीले अब आफनो प्रेमलाई मूर्त रुप दिन लागेका छन् ।
केही दिनअघि फिरोजले सहारालाई औंठी लगाइदिँदै विवाहको प्रस्ताव राखेका थिए । र, सहाराले विवाहको प्रस्ताव स्वीकार गरेको खुसी फिरोजले फेसबुकमा साटेका छन् ।
उनले सहारालाई विवाहको प्रस्ताव राखेको तस्विर शेयर गर्दै लेखेका छन्, ‘मैले सोधेँ र उनले ‘हुन्छ’ भनिन् । हाम्रो जीवनको नयाँ अध्याय सुरु भएको छ ।’ त्यस्तै, सहाराले पनि आफूले विवाहको प्रस्ताव स्वीकार गरेको उल्लेख गरेकी छन् । उनी लेख्छिन्, ‘जुन व्यक्तिसँग म बुढो हुन चाहन्छु र म मेरो जीवनका बाँकी अध्याय पूरा गर्न चाहन्छु । तिमी मेरो सदाको लागि घर हौ र मेरो खुशी ।’
फिरोज नेपाल रहँदा एपिवान टीभीमा कार्यक्रम निर्माता तथा उद्घोषक, ‘नेपाल आइडल’को प्रोड्युसर र ‘द भ्वाइस अफ नेपाल’को चिफ असिस्टेन्ट डिरेक्टरको रुपमा आबद्ध थिए । उनी गायक पनि हुन् । उनले ‘मेरी प्रिया’, ‘इच्छा’, ‘सुस्तरी’, ‘किन’ लगायतका गीतमा आवाज भरेका छन् । यसमध्ये ‘मेरी प्रिया’ र ‘किन’ गीतको म्यूजिक भिडियोमा उनले सहारासँग एकसाथ काम गरेका छन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments