आईजीपी रेस
गृह नेतृत्वले चयन गर्ने प्रहरी मुखियाको रेसमा को अगाडी भन्न कठिन
- फाल्गुन १६, २०७९ मा प्रकाशित
प्रहरीमा चलेको राजनीतिक मार्ग हिन्दी चलचित्रको कहानी जस्तै बनेको छ
कासिन न्यूज,
काठमाडौं ।
प्रहरी नायब प्रहरी महानिरीक्षक (डीआईजी) अशोक सिंहले सञ्जालमा गृहमा रहेका आफना नातेदारलाई ‘प्रिय भाइ विनोद सिंहलाई बधाई’ भन्दै लेखेको बाक्यलाई उल्लेख गर्दै उमेर छानबिन गर्न माग गरिएको थियो ।
सोही सञ्जालको बधाई ज्ञापनलाई आधार बनाएर सिंह माथि उमेर छानविनको कुरा उठ्यो । र छानविन प्रक्रिया सुरु भई हाल सिंह राजीनामा दिएर घरमा आराम गरिरहेका छन् ।
हुन् नेपाल प्रहरीमा यस्ता खाले विवाद बेलाबखत आइ रहन्छ । किन कि नेपालको प्रहरी यस्तो जुन राजनीतिक मार्ग देखी कहिले पनि टाढा रहेको छैन् । देशमा जहिले सरकार परिवर्तनको बाटो पहिलिन्छन् । त्यो पहिलाई सँगै नेपाल प्रहरीको पनि दुर्दशा सुरु हुन्छ । अब प्रहरी प्रशासनको लागि यो एउटा सामान्य हिन्दी चलचित्रको कहानी जस्तै भै सक्यो । भनौ प्रहरी प्रशासन यस्ता झिनामसिना कुराहरुलाई पचाउने स्थितीमा पुगी सक्यो ।
कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला भएको डीआईजी बढुवामा सिंह एकाएक तेस्रो वरियतामा उक्लिए । त्यसपछि नेपाल प्रहरीमा सिंहलाई एकाएक भावी आईजीपीको रुपमा चित्रण गर्न थालीयो । तर सिंहको भाग्य बलियो नभएको भनौ उनी प्रहरी महानिरीक्षक (आईजीपी)को रेसमा पुग्नु अगाडी थन्किन पुगे ।
अब सुरु भएको भावि आईजीपीको नयाँ खेलो । देशमा गृह मन्त्री नभए पनि गृह मन्त्रालय सम्हालेर बसेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रालय बिभाजन गर्ने बित्तिकै नयाँ गृह मन्त्रीको आगमन हुने पक्का छ । जुन कांग्रेसको पोल्टामा पर्ने कुरामा दुईमत छैन । त्यहि अवस्थालाई बुझेर अहिले प्रहरी प्रशासनमा भावि आईजीपीको रस्साकस्सी सुरु भएको छ ।
कार्यक्षमताभन्दा राजनीतिज्ञसँग निकटताका आधारमा उच्च अधिकृतका वरियता तोक्ने प्रवृत्ति हाबी रहेको नेपाल प्रहरी जहिले पनि शंसयको घेरामा रहेको हुन्छ ।
डीआईजी सिंह प्रहरी सेवाबाट बाहिरिएपछि भावी आईजीपीको दौडमा बसन्त कुँवर बलिया देखिएका छन् । उनी गण्डकी प्रदेशका पूर्वप्रमुख बाबुराम कुँवरका भाइ हुन् । हाल उनी मधेश प्रदेश प्रहरी प्रमुख छन् ।
माथि नै उल्लेख गरि सकिएको छ । कि नेपालको प्रहरी प्रशासन भने राजनीतिक मार्ग देखी कहिले पनि टाढा रहेको छैन भन्ने कुरा । यो तथ्यलाई आधार मान्ने हो अहिले नै को पहिलो हुन्छ भन्ने अनुमान गर्न सकिदैन् ।
कार्य क्षमता,दक्षता, अनुभव लगायतका बिषय भन्दा आफनो नजिक को छ र कसलाई कसरी लाने र आफनो पक्षमा पार्ने भन्ने कुराले ज्यादा माने राख्ने गर्छ नेपाल प्रहरीमा । त्यहि आधार र राजनीतिक दलको जसको नेतृत्वमा सरकार छ त्यसको बहुबली पनि केही गर्छ ।
अब कुरो हो दोस्रो नम्बर वरियताको दोेस्रो श्रेणीमा दरिएका डीआईजी टेकप्रसाद राई पनि भावी आईजीपीका बलियो दाबेदार मानिएका छन् । लुम्बिनी प्रदेशमा प्रहरी प्रमुख रहेका राई प्रतिआतंकवाद र आन्दरदेशीय अपराध मामलाका जानकार मानिन्छन् । यससम्बन्धी अनुसन्धान गर्ने प्रहरीको विशिष्टकृत इकाइ विशेष ब्यूरोमा लामो समय बसेर काम गरेको अनुभव राईसँग छ ।
तेस्रो वरियतामा रहेका दीपक थापा पनि सबैलाई मिलाएर लैजानसक्ने अधिकृतका रुपमा चिनिन्छन् । उनी हाल बागमती प्रदेश प्रहरी प्रमुख छन् । चौथोमा प्रदेश १ का प्रहरी प्रमुख श्यामलाल ज्ञवाली र पाँचौंमा प्रहरी प्रधान कार्यालयमा रहेकी किरण बज्राचार्य छन् ।
यी अधिकृतहरु मध्येबाट अबको एक महिनापछि नियुक्ति हुने भावी आईजीपीमा कसले बाजी मार्ला भन्ने संकेत केहीदिनमै हुने प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाको नितिबाट पनि पत्ता लाग्छ ।
गृह मन्त्रालय स्रोतका अनुसार एआईजी बढुवाका लागि आन्तरिक तयारी थालिएको छ । हाल नेपाल प्रहरीमा एआईजीको पाँच पद रिक्त छ । रिक्त रहेको पदमा बढुवा हुने मध्येबाट भावी आईजीपी चुनिनेछन् ।
एआईजी बढुवाको वरियतामा को अगाडि आउँछन्, त्यसले प्रहरीको भावी नेतृत्व चयनका लागि सरकारको प्राथमिकता संकेत गर्नेछ । तर अगाडी आउने बित्तिकै उसैले पाउँछ भन्न पनि सहज छैन भन्ने बिगतका प्रहरी बढुवाहरुले पनि देखाई सकेका छन् ।
यद्यपि, प्रहरी नियमावली, २०७१ मा एआईजीहरुमध्ये ‘उपयुक्त देखिएका उम्मेदवारलाई आईजीपी पदमा’ बढुवा गर्न सक्ने व्यवस्था छ ।
हालका आईजीपी सिंहलाई पनि देउवा सरकारले आईजीपी बनाउनु अघि उनी तीन नम्बर वरियतामा थिए । उनी सरकारको दलबलमा आईजीपी चुनिएका थिए ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments