पहिलेको भन्दा गुणात्मक रुपले बढी बजेट राख्ने प्रधानमन्त्री दाहालको प्रतिबद्धता
- फाल्गुन १६, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
आगामी वर्षदेखि खेलकुदमा गुणात्मक रुपमा बजेट बढाउने आश्वासन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएका छन् ।
ललितपुरको च्यासल रंगशाला उद्घाटन गर्दै मंगलबार उनले सो कुरा बताएका हुन् ।
खेलकुद क्षेत्रमा विगतमा बजेटको व्यवस्था निकै कम हुने गरेको छ, आउने बजेटमा यो क्षेत्रमा पहिलेको भन्दा गुणात्मक रुपले बढी बजेट राख्ने प्रतिवद्धता व्यक्त गर्न चाहने प्रधानमन्त्री दाहालको बिचार छ ।
खेलकुद क्षेत्रले समाजलाई अनुशासित बनाउने उल्लेख गर्दै मर्यादा र संस्कृति स्थापित गर्नका लागि पनि खेल क्षेत्र महत्वपूर्ण रहेको पनि प्रधानमन्त्री दाहालले बताए ।
खेलकुदले राजनीतिक, कुटनीतिक र भाइचारा सम्बन्धको विकास हुने दाबी गर्दै सबै प्रदेश र पालिकाहरुमा पनि खेल पूर्वाधार निर्माण गर्ने सरकारको योजना रहेको सुनाए ।
च्यासल रंगशाला उद्घाटनसँगै कलाकार र एन्फा पदाधिकारीबीच खेल पनि भएको छ । रंगशाला १० हजार दर्शक क्षमताको रहेको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments