नक्कली सवारी चालक अनुमतिपत्र बनाउने मानन्धर पक्राउ
- फाल्गुन १६, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
रामेछापको सुनापाती गाउँपालिका–५ घर भइ हाल भक्तपुरको व्यासीमा बस्दै आएका नवीन मानन्धरलाई प्रहरीले नक्कली सवारी चालक अनुमतिपत्र बनाएर प्रयोग गरेको आरोपमा पक्राउ गरेको छ ।
प्रहरीले शंका लागि चेकजाँच गर्ने क्रममा उनको साथबाट ‘ए,बी’ वर्गको सवारी चालक अनुमति पत्र र ए, बी, एफ र जी वर्षको सवारी चालक अनुमतिपत्र बनाई प्रयोग गरेको अवस्थामा फेला पारेको हो।
केही व्यक्तिहरुले लिखत कीर्ते गरी विभिन्न वर्गका नक्कली सवारी चालक अनुमति पत्र बनाएर प्रयोग गर्दै आएको भन्ने गोप्य सूचनाका आधारमा मानन्धरलाई नक्कली लाइसेन्ससहित पक्राउ गरिएको हो।
नियन्त्रणमा लिइएका मानन्धरलाई लिखतसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर जावलाखेलमा बुझाइएको छ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments