एमालेको भातृसंगठन ओबिसी नेपालका राष्ट्रिय उपाध्यक्ष मेहताले एमाले परित्याग गरे

- फाल्गुन १७, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

आफनै दलबाट उपेक्षा झेलेर राजनीतिक जीवन देखी वाक्क भएका नेकपा एमाले प्रदेश नं १ कमिटी सदस्य एवं नेपाल राष्ट्रिय पिछडावर्ग ओबिसी नेपालका राष्ट्रिय उपाध्यक्ष रामचन्द्र मेहताले नेकपा एमाले परित्याग गरेका छन् ।
आफनै दलमा आफूलाई अनादार र अपहेलना गरेको कारण सो सहन नसकी नेकपा एमाले परित्याग गरेको उपाध्यक्ष मेहताले बताए ।

मेहता भन्छन्, एमालेमा अहिले व्यक्तिबादी प्रबृतिको हावी भएकोले हामी जस्ता पिछडीएका वर्ग अपहेलना बाहेक केही पाउँदैनौ त्यसैले अब एमालेमा बसेर काम गर्र्न सकिने अवस्था नभएको आफूले राजीनामा दिएको मेहताको भनाई थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर