सामाजिक अभियन्ताको खोल ओढेर बैदेशीक रोजगार विभाग माथि धावा बोल्दै
- फाल्गुन १७, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
आफूहरूलाई पीडित कामदारको उद्धारक बताउने सामाजिक अभियन्ता एवं युट्युबरहरुलाई वैदेशिक रोजगार विभागले कार्यालय प्रवेशमा कडाई गरे सँगै रन्थनिएका केही सामाजिक अभियन्ताहरुले दैनिक जसो बिभागको काम कार्वाहीमा अवरोध पुर्याइ रहेको विभागका निर्देशक कृष्णप्रसाद भुसालले बारम्बार बताउँदै आएका छन् ।
मंगलबार पीडितलाई न्याय दिलाइदिने भन्दै विभाग प्रवेश गरेको एक समूह र त्यहाँ रहेका व्यक्तिहरूबीच मंगलबार धक्का र मुक्कामुक्की भएको छ ।
यूएईबाट फर्केका बाइक राइडरहरूलाई पर्याप्त क्षतिपूर्ति नदिइएको दाबी गर्दै सामाजिक अभियन्ताहरु सहितका केही क्यामराम्यान र वैदेशिक रोजगार व्यवसायीहरु बिच विभागमा छलफल हुँदा चर्काचर्की भएको थियो ।
आफूलाई सामाजिक अभियन्ता बताउने केही व्यक्तिहरुले अभियानको नाममा आफनो पराकष्ट देखाउन थालेको व्यवसायीहरु बताउन थालेका छन् । देश आर्थिक अवस्थाको आधा हिस्सा ओगटेको बैदेशीक रोजगार क्षेत्रलाई धमिल्याउने कार्यमा यस्ता सामाजिक अभियन्ताहरुको खोल ओडेकाहरु लागि–परेको गुनासो व्यवसायीहरुको छ ।
नेपाल सरकारको कानून ,अनुसार वैदेशिक रोजगारको काम गर्दा गर्दै कुनै समस्या भए कानून संगत नै समाधान गरिनु पर्ने कुरामा वैदेशिक रोजगार व्यवसायी एकमत छन् । यहाँ अभियान्ताको रूप आर्थिक लाभको खेल हुन थाल्यो, र कानूनी रूपमा वैदेशिक रोजगार गएकाहरु पनि यस्तै अभियान्तको कुरो सुनेर व्यवसायीहरुमाथि मुद्धा हाल्ने, झैझगडा गर्ने, पैसो माग्ने जस्ता कार्य गर्न थालेका छन् ।
पछिल्लो समय बिभागले यस्ता अनाधिकारीक अभियन्ताहरुलाई कार्यालय प्रवेशमा रोक लगाएपछि बिभागको गेटमा त्यस्तै पीडित बनाउँदै ताण्डव गर्न थाल्दा सामान्य रस्सा कस्सीमा एक सामाजिक अभियन्ता तारा बराल सामान्य घाइते भएकी खबर छ ।
यही ताण्डव नृत्यमा संलग्न भएको भन्दै प्रहरीले चार जना युट्युबरहरुलाई पक्राउ गरी महानगरीय प्रहरी प्रभाग नयाँ बानेश्वर राखेको प्रहरीले जानकारी दियो ।
केही दिनयता विभागमा वैदेशिक रोजगारबाट फर्केका युवाहरू क्यामराम्यानसहित आएर हुलहुज्जत गर्दा कार्य सम्पादनमा अवरोध उत्पन्न भएको विभागले बताएको छ ।
विभागले पीडितको नामबाट कानुन, विधि र प्रक्रिया विपरीत विभाग कार्यालयभित्र नाराजुलुस गर्ने, अमर्यादित भाषाको प्रयोग गरी कार्यालयमा आतंक मच्चाउने र काम गर्ने वातावरण प्रभावित गर्ने लगायतका कार्यहरू बढ्दै गएको भन्दै कार्यालय प्रवेशमा कडाइ गरेको थियो ।
करिब तीन हप्ताअघि महानिर्देशक उमाकान्त आचार्यले विभिन्न कारणले वैदेशिक रोजगार व्यवसायीमाथि बाह्य दबाब बढेकाले गम्भीर हुन व्यवसायीहरूलाई सुझाव दिएका थिए ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए
लोकप्रिय
-
लोकप्रिय भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
लोकप्रिय भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
लोकप्रिय भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
लोकप्रिय भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए












Comments