विवादमा फुटबल संघ एन्फा विवादले चरम रुप लिने संकेत
- फाल्गुन १७, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
खेलकुद क्षेत्रकोे सबैभन्दा बढि विवाद हुने संस्था भनेको फुटबल प्रेमीहरुको संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) हो । एन्फाको बिगत देखी वर्तमान सम्मको अवस्था हेर्ने हो यो संस्था विवादको घेरामुनी नपरेको कार्यकाल कसैको पनि छैन् ।
नेपाली फुटबल संघका बादशाह भनेर चुनिएका गणेश थापाको कार्यकाल देखी विवादको घेराबन्दी पर्दै आएको फुटबल अहिले पंकजविक्रम नेम्वाङको नेतृत्वले पनि विवादको सामना गरिरहेको छ ।
अहिले संस्थापन र असन्तुष्ट पक्षबीच भएको विवादले हातहालाहालको स्थिती सृजना भएको छ । जसको कारणले टेबलको सिसा समेत फुटेको छ ।महासचिव किरण राई र कोषाध्यक्ष रविन्द्र जोशीको किस्सालाई लिएर अहिले विवाद उत्पन्न भएको हो भन्ने कुरा पनि अगाडी आएको छ । विवादको मुख्य बिषय भनेको नै यी दुईको बर्खास्ती हो एन्फा स्रोत बताउँछ ।
२१ सदस्यीय कार्यसमितिका १० सदस्यले यो कुरालाई मुख्य एजेण्डाको रुपमा उठाएका थिए ।
तर अध्यक्ष नेम्वाङले एजेण्डामा नराख्ने निर्णय गरे । कार्यसमितिको बुधबार सुरु भएको बैठकमा नेम्वाङले आफूले अध्यक्षको अधिकार प्रयोग गरेर यसलाई एजेण्डामा समावेश नगरेको बताएका थिए ।तर असन्तुष्ट पक्ष सहमत भएनन् । त्यसक्रममा उपाध्यक्षद्वय दीर्घबहादुर केसी र दावा लामा लगायतका बीचमा भनाभन भएको थियो । एक जनाले टेबल ठोक्दा सिसा नै फुटेको छ । ‘झण्डै हात हालाहालको अवस्था थियो,’ स्रोतले भन्छ ।
। असन्तुष्ट १२ जनामध्ये मनिष जोशी देश बाहिर छन् भने सरिला श्रेष्ठ संस्थापनतिर उभिएकी छन् । बैठकमा उपस्थितमध्ये १०-१० जना बाँडिएका छन् ।असन्तुष्ट पक्षको बैठकले अध्यक्ष अल्पमतमा परेको भन्दै बैठकको बैधानिकतामै प्रश्न उठाएका छन् । संस्थापन पक्षले भने अध्यक्ष नेम्वाङसहित १० जनाको सहमति भएको भन्दै बैठक चलाएका छन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments