प्रतिपक्षी दल को भन्ने विवादले बुधबारको प्रतिनिधि सभा बैठक स्थगित

- फाल्गुन १७, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेकाले आफूहरू स्वाभाविक प्रमुख प्रतिपक्षी रहेको नेकपा एमालेको तर्क छ भने नेपाली कांग्रेसले आफूहरू सरकारमा नजाँदासम्म विपक्षमै बस्ने दाबी गरेको छ ।
संसदमा को प्रतिपक्षी भन्ने विवाद उत्पन्न भएपछि बुधबारको प्रतिनिधि सभा बैठक स्थगित भएको छ। गत पुस २६ गते कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको थियो। विश्वासको मत दिए पनि संसद सचिवालयले कांग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता दिइसकेको छ।
सरकारमा रहेको एमालेले आफ्ना मन्त्रीलाई सोमबार फिर्ता बोलाइसकेको छ भने प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । त्यसैले उसले प्रतिपक्षी दलको दावी गरिरहेको छ । अर्को बैठक चैत ५ गते बस्ने संसद सचिवालयले जनाएको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर