दुर्भाग्यवश, राजनीतिलाई बुझ्दाबुझ्दै पनि मेरो पोलिटिकल माइण्ड भएन > अभिनेत्री कोइराला
- फाल्गुन १७, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
राजनीतिसँग बसेपनि र राजनीतिलाई बुझ्दा–बुझ्दै पनि आफ्नो राजनीतिक दिमाग नभएको स्वीकारोक्ती चाहिं अभिनेत्री मनिषा कोइरालाको छ । भन्छिन्, ‘दुर्भाग्यवश, राजनीतिलाई बुझ्दाबुझ्दै पनि मेरो पोलिटिकल माइण्ड भएन । राजनीतिभन्दा पनि अध्यात्मतिर छ ।’ उनले राजनीतिभन्दा पनि सामाजिक सेवातर्फ आफू लाग्ने संकेत दिएकी छन् । तर हजुरबुवा समेत रहेका कांग्रेस संस्थापक बीपी कोइरालाको सपना पूरा भएको हेर्न चाहेको उनले बताएकी छन् ।
यसैबीच, आफूले काठमाडौंमा अर्गानिक फार्म सञ्चालन गर्न लागेको समेत मनिषाले बताएकी छन् । ‘मलाई नेचर चाहिन्छ । काठमाडौं आउँदा मलाई सेन्स अफ जोय महसुस हुन्छ । आधा घण्टामा म बुढानीलकण्ठ जगिङमा जान सक्छु । साइक्लिङ गर्न सक्छु । मुख्य कारण प्रकृति हो । मलाई ट्रेकिङ गर्न र नेचरसँग नजिक हुन मन लाग्छ ।’
हाल अभिनेत्री कोइराला सञ्जयलीला भन्सालीको नेटफ्लिक्स सिरिज ‘हीरामण्डी’मा व्यस्त छिन् भने उनी द्धारा अभिनित बलिउड फिल्म ‘शेहजादा’ गत साता रिलिज भएपनि यसले बक्स अफिसमा खास कमाइ गर्न सकेन । ‘हीरामण्डी’ सिरिज रिलिज नहुँदै कोइरालाले चर्चा पाइरहेकी छिन् । हिरामण्डीमा कोइराला रानीको भूमीका छिन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments