प्रदेश १ को नाम कोशी राख्ने बिषयमा कांग्रेसले प्रस्तावक पक्षमा मतदान गर्ने

- फाल्गुन १७, २०७९ मा प्रकाशित


कासिन न्यूज,
विराटनगर ।

नेपाली कांग्रेसले प्रदेश १ को नाम ’कोशी’ राख्ने बिषयमा सर्मथक रुपमा आफूलाई अगाडी नसारे पनि प्रस्तावको पक्षमा भने मतदान गर्ने भएको छ ।
नेकपा एमाले, माओवादी केन्द्र र राप्रपाले प्रदेश १ को नाम कोशी राख्ने बारेमा कांग्रेससंगकै छलफल गरेर निर्णय गरेका थिए । कोशी नामकरण गर्न दलको बैठकबाटै निर्णयमा पुगेको माओवादी केन्द्र पनि प्रस्तावको समर्थक बसेको छैन ।
कांग्रेसले भने कोशी नाममा समर्थन जनाएको माओवादी पनि समर्थक नबसेको भन्दै प्रस्तावको मत विभाजनका क्रममा पक्षमा मतदान गर्ने गरी समर्थकबाट नाम हटाएको हो ।
नामकरणमा पहिचानको माग गर्ने समुदायको सहानुभूति लिनका लागि कांग्रेसले यस्तो रणनीति लिए पनि प्रस्तावको पक्षमै मतदान गर्ने भएको हो ।
माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले भने पहिचानका पक्षमा लागेको पार्टीले जनताबाटै भोट नपाएको भन्दै जनमतका आधारमा अघि बढ्नुपर्ने अवस्था सिर्जना भएको बताए । प्रदेशको नामकरण नगरेर सधैं भरी बस्ने अवस्था नरहेको उनले बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर