७० वर्षे उमेरको हदको नियममा करेक्सन हुन्छ, तपाई घर फर्कनुहोस् > एमाले अध्यक्ष ओली

- फाल्गुन १७, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

बुधबार राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमलाई उनकै निवासमा पुगेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भेटघाट गरेका छन् । भेटमा उनले गौतमलाई पुरानै घरमा फर्किन आग्रह गरेका छन् ।
‘एकता अभियानका साथीहरू लिएर पुरानै घरमा फर्किनुस्। एमाले तपाईंले बनाएको पार्टी हो। मिलेर अगाडि बढ्नुपर्छ,’ अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै भेटमा सहभागी एक नेताले बताए ।
जवाफमा गौतमले २०७८ सालमा चितवनमा भएको पार्टीको १०औँ महाधिवेशनले ल्याएको ७० वर्षे उमेरहद हटाउनुपर्ने माग गरेका थिए । उनले उमेर हदमा करेक्सन भए आफूहरू आउन तयार रहेको बताएका थिए। ‘हामी सबै वामपन्थीहरूलाई एक बनाउने अभियानमा लागेका छौं । यसलाई निरन्तरता दिँदै एमालेको विधान संविधानविपरित छ । ७० वर्षे उमेरको हद हटाउनुपर्छ । यसमा करेक्सन हुन्छ भने आउन सक्छौँ,’ गौतमको भनाई उद्धृत गर्दै गौतम निकट एक नेताले बताए ।
अध्यक्ष ओलीले विधानमा रहेको त्रुटिहरुलाई सच्याउन आफू तयार रहेको जवाफ दिएका थिए। उनले राष्ट्रपतिमा एमालेका उम्मेदवार सुवास चन्द्र नेम्वाङलाई सहयोग गर्न आग्रह गरेका थिए। गौतमलाई उनले आफ्ना चेलालाई राष्ट्रपतिमा विजयी गराउन आग्रह गरेका हुन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर