•  १२ पुष २०८१, शुक्रबार

ग्रीसमा दुईवटा रेल आपसमा ठोक्किँदा ३२ जनाको मृत्यु , ८५ जना घाइते

- फाल्गुन १७, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

ग्रीसमा मंगलबार अबेर राति दुईवटा रेल आपसमा ठोक्किँदा ३२ जनाको मृत्यु हुनुको साथै कम्तमिा ८५ जना घाइते भएका न्यूज एजेन्सीले जनाएको छ ।
ग्रीसको लारिसा सहरनजिकैको मध्य ग्रीसको टेम्पीमा मंगलबार साँझ ३ सय ५० भन्दा बढी यात्रु बोकेको यात्रुवाहक रेल एक मालवाहक रेलसँग ठोक्किँदा कम्तीमा ३२ जनाको मृत्यु हुनुका साथै ८५ भन्दा बढी घाइते भएका ग्रीसको फायर सर्भिसले जनाएको छ।
उद्धारको प्रयास जारी छ र मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ। ग्रीक फायर सर्भिसका प्रवक्ता भासिलिस वार्थाकोगियानिसलाई उद्धृत गर्दै १ सय ९४ यात्रुलाई सुरक्षित रूपमा थेसालोनिकी लगिएको न्यूज एजेन्सीले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर